विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा
- मंगलबार, ९ असोज, २०७५
- 4 months ago
- अर्थ

काठमाडौँ । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।
दुईदिसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ ।
सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ ।
उक्त सम्मेलनमा मानव नवनिर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ ।
अर्थमन्त्री युवराज खतिवडाले सम्मेलन शुभारम्भका क्रममा समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको चर्चा गर्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ भने ।
उनले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको उल्लेख गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताए ।
अर्थमन्त्री खतिवडाले भने, “यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।”
उक्त समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए ।
थप समाचार
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन
- 8 hours ago

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम
- 9 hours ago

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)
- 9 hours ago

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।