राष्ट्र बैंककाे माैद्रिक नीति समिक्षामा बैंकहरूले बदमाशी गरिरहेकाे संकेत

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 5 months ago
  • अर्थ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै बैंकहरूले ब्याज दरमा बदमाशी गरिरहेको संकेत गरेको छ ।

 

बैंकहरुले निक्षेपको लागत उच्च दरमा बढेको बताइरहँदा राष्ट्र बैंकले भने निक्षेपको औसत ब्याज दर ६.६४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गर्दै त्यस्तो संकेत गरेको हो । 

 

‘निक्षेपको औसत ब्याज दर ६.६४ प्रतिशत छ । ऋणको औसत ब्याज दर १२.१० प्रतिशत छ’, राष्ट्र बैंकले भनेको छ, ‘स्प्रेड दर ५.४६ प्रतिशत रहेको छ।’

 

उक्त स्प्रेड दर राष्ट्र बैंकले तोकेको स्प्रेड दर भन्दा बढी हो । पाँच प्रतिशतभन्दा बढि स्प्रेड दर कायम गर्न नपाउने राष्ट्र बैंकको निर्देशनका बाबजूद त्यसको बर्खिलापमा गएर बैंकहरुले लगानी गरिरहेका छन् । 

 

बैंकहरुले निक्षेपको ब्याज दर ६.६४ प्रतिशत हुँदा आधार ब्याज दर १०.४ प्रतिशत पुग्नुलाई प्रशासनिक खर्च उच्च भएको रुपमा टिप्पणी गरेको छ।

 

‘आफ्नो प्रशासनिक खर्च मनपरी बढाएर आधार दरलाई वृद्धि गरिएको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘स्प्रेड पनि नाघेर लगानी भएको छ ।’ उनका अनुशार बैंकहरुले ब्याज दरमा बदमाशी गरिरहेका छन् ।


थप समाचार

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 14 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक

बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

  • 22 minutes ago
बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

  • 25 minutes ago
महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

काठमाडौं । राष्ट्रपति कार्यालयको व्यवस्थापन राष्ट्रपति विद्यादेवी भण्डारीको शैली र क्रियाकलाप उपर सत्तारुढ नेकपाभित्रै गम्भीर असन्तुष्टि सुरु भएको छ । उच्च स्रोतहरुका अनुसार राष्ट्रपति निवासको व्यवस्थ



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।