हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ । 

 

‘जन्मेको दुई बर्ष बच्चाहरुको शारिरीक विकासमा महत्वपूर्ण हुन्छ । उनीहरुको स्वस्थ विकासका लागि दुई बर्षसम्म पोषणको मात्रा मिलाउन अत्यन्त जरुरी छ ।’ अनुसन्धानकर्ताहरुले बाल चिकित्साको एक जर्नलमा भनेका छन् ।

 

खराब आहार, पोषणको उचित संयोजन हुन नसक्दा बच्चाको शारिरीक विकासमा असर पुग्न सक्छ । यसका साथै बच्चा बेलाको इन्फेक्सन र बिमारीका कारण पनि उनीहरुको शारिरीक विकासमा खतरा हुन सक्छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार पाँच बर्षभन्दा मुनिका १५।५ करोड बच्चाहरुमा जति उचाई हुनुपर्ने हो त्यो भन्दा धेरै कम पाइएको छ । यो प्रायः गरिब देशका बच्चाहरुमा अत्याधिक मात्रामा रहेको छ । स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरु यस सम्बन्धि तरिकाको खोजी गर्ने कार्यमा लागिपरेका छन् ।


थप समाचार

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

  • 10 minutes ago
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम  प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 43 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 56 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।