२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट कस्तो टिम ?

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

विश्वकपको समूह ए मा रहेको अफ्रिकी राष्ट्र इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकपमा छानिएको हो । सन् १९३४ र १९९० मा इजिप्ट समूह चरणबाटै घर फर्केको थियो ।

आउँदो रसिया विश्वकपको लागि इजिप्टले छनोट चरणमा कंगोलाई २–१ गोलले पराजित गरेपछि पक्का भएको हो । इजिप्टको लागि यस विश्वकप खेल्ने मौका स्टार खेलाडी मोहम्मद सलाहले दिलाएको भन्दा फरक नपर्ला । 

 

समूह चरणमा खेलहरु

 

१५ जुनमा यूरुग्वेसँग

१९ जुनमा रसियासँग

२५ जुनमा साउदी अरेवियासँग

 

प्रशिक्षक हेक्टर कुपर

 

 

इजिप्टलाई रसिया विश्वकपमा छनोट गराउनको लागि प्रशिक्षक हेक्टर कुपरको योगदान उच्च छ । अर्जेन्टिनाका पूर्व खेलाडी रहेको कुपरलाई इजिप्टको प्रशिक्षकको जिम्मेवारी सन् २०१५ मा दिइएको हो । ६२ वर्षीय कुपरले यसअघि जजिर्याको  राष्ट्रिय टोलीलाई पनि सम्हालिसकेका छन् भने पर्मा, भ्यालेन्सिया, रियल बेसिट लगायतको क्लबको जिम्मेवारी पनि लिइसकेका थिए । 

 

खेलाडीहरु

 

इजिप्टले रसिया विश्वकपको लागि २९ सयदस्यीय खेलाडी छनोट गरेको छ । 

 

गोलकिपरः

एसेम अल–हरिरी (अल तौवन)

मोहम्मद अल–शनीवा (अल आली)

शेरिफ अर्मी (अल अहिली)

मोहम्मद अडद (इस्लामा)

 

डिफेन्डर

अहमद फती (अल आली)

साद समर (अल आली)

अब्दुल सेफी (अल आली)

महमूद हामडी ‘अल वेन्श; (जमलेक)

मोहम्मद अब्देल शाफी (अल फथ)

अहमद हिज्जी (पश्चिम ब्रोम)

अली गब्र (पश्चिम ब्रोम)

अहमद अल मोहम्मद (अस्टन विला)

करीम हेजेज (आरसी लेन्स)

उमर गीबेर (एलएएफसी)

अमरो टार्क (ओरल्याण्डो सिटी)

 

मिडफिल्डर

टर्क हामेड (जिम्माक)

महमूद अब्दुल अजीज (जमकेक)

शिबाबाला (अल रेड)

अब्दलाह अल–नेस (कुईपीएस)

सैम मोर्सी (मोहम्मद)

मोहम्मद एलनेनी (आर्सेनल)

महमूद ‘काहबा’ (इतिहाद)

रमजान सुब्ही (स्टक सिटी)

महमूद ‘ट्रेजगेट’ (कास्मिपासा)

आम वर्डा (एट्रोमोस)

 

फरवार्ड

मारवान मोहन (अल आली)

अहमद गोमा (अल मस्जिद)

अहमद हसन ‘कोका’ (एससी ब्रगा)

मोहम्मद सलाह (लिभरपुल)

 

घाइते

 

 

इजिप्टको फुटबल टिमलाई यतिखेर समस्या परेको छ । कारण हो आफ्ना स्टार खेलाडी मोहम्मद सलाह चोटका कारण मैदान बाहिर रहेका छन् । गत शनिबार च्याम्पियन्स लिग फाइनलमा रियल मड्रिडबिरुद्धको खेलमा काँधमा चोट लागेपछि उनी मैदानबाहिरै रहेका छन् । उनले विश्वकपमा खेल्ने या नखेल्नेबारे केही बताइएको छैन । केही समाचारहरुमा अनुसार उनी विश्वकपअघि ठिक हुने बताइएको छ ।

 


थप समाचार

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

  • 1 minute ago
गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

लमही । दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ ।

कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

  • 2 minutes ago
कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

नेपालको कसैसँग पनि शत्रुता छैनः प्रधानमन्त्री ओली

  • 8 minutes ago
नेपालको कसैसँग पनि शत्रुता छैनः  प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने