IIMS College

ISMT

HUB Education

एल क्लासिको खेलाउने रेफ्रीप्रति बार्सिलोना फ्यान असन्तुष्ट

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मार्च १ मा हुन लागेको रियल मड्रिड र बार्सिलोनाबीचको खेल एल क्लासिकोको लागि रेफ्री तोकिएको छ । सोमबार उक्त खेल खेलाउने जिम्मा माटेउ लाहोजले पाएका हुन् । उनले स्पेनिस घरेलु लिग ला लिगाको उपाधि भिडन्त तय गर्ने खेल खेलाउन लागेका हुन् । 

 

भ्यालेन्सियाका रेफ्रीले यसअघि चार वटा क्लासिको खेलाइसकेका छन् । उनले खेलाएको खेलमा रियल तथा बार्सिलोना समान दुई–दुई पटक विजयी भएका छन् । मोटेउले सन् २०१२ मा भएको स्पेनिस सुपर कपको फाइनलबाट क्लासिको खेलाउन थालेका हुन् । उक्त खेलमा रियल २–१ गोलले विजयी भएको थियो । सन् २०१४ मा उनै रेफ्री भएको कोपा  डेल रेको फाइनलमा पनि रियल २–१ गोलले विजयी भएको थियो । 

सिजन २०१४–१५ मा क्याम्प नाउमा भएको खेलमा भने बार्सिलोनाले २–१ गोलको जित निकालेको थियो । अघिल्लो सिजन सान्टियागो बेर्नाबेउमा भएको कोपा डेल रे अन्तर्गतको खेलमा पनि बार्सिलोनाले रियलविरुद्ध ३–० गोलको जित निकालेको थियो । 

 

यद्यपी बार्सिलोना समर्थक भने माटेउले खेल खेलाउन लागेको समाचार प्रकाशित भएपछि खुसी छैनन् । माटेउ मड्रिडप्रति झुकाउ राख्ने रेफ्री भएको र बार्सिलोनालाई भन्दा मड्रिडलाई फेभर गरको आरोप लगाएका छन् । त्यस्तै, भीएआरमा पनि मड्रिडलाई नै फेभर गर्ने रेफ्री गोञ्जालेज गोञ्जालेज भएको कारण पनि बार्सिलोना फ्यानको टाउको दुखाई बनेको छ । 

 

लिगमा २५ खेल खेलेको बार्सिलोनाले ५५ अंक जोडेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५३ अंक जोडेको छ । त्यसैले यस खेललाई उपाधिको निर्णायक खेलको रुपमा पनि लिइएको छ । बार्सिलोनाले क्लबसिकोमा जित हासिल गरेको खण्डमा लिगमा ५ अंकको अग्रता कायम गर्नेछ । यदी रियलले जितेको खण्डमा बार्सिलोनाभन्दा १ अंक बढी हुनेछ । त्यसैले सिजनको दोस्रो क्लासिकोलाई महत्वका साथ हेरिएको छ ।


थप समाचार

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 3 minutes ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।

सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

  • 9 minutes ago
सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीले एक सर्वसाधरणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा उक्त फोटो सार्वजनिक भएपछि कडा आलोचना खेपेको प्रहरीले उक्त घटना

आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

  • 19 minutes ago
आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि नेपाल तथा भारत सरकारले ‘लकडाउन’ गरेको छ । लकडाउनकै कारणले गर्दा सीमा पारी भारतमा श्रमको लागि गएका मजदुरहरु मर्कामा परेका छन् । भारतमा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।