IIMS College

ISMT

HUB Education

नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए ।

 

नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए पनि क्षेत्रीय समितिबाट टुङ्ग्याउनुपर्ने भएकाले छलफल चलिरहेको जनाएको छ ।

 

काङ्ग्रेस क्षेत्रीय समितिका सभापति कञ्चनचन्द्र बादेले छलफल गर्न अझै बाँकी रहेकाले दर्ता गर्ने समयसम्ममा टुङ्गो लाग्ने बताउनुभयो । धुलिखेल नगरपालिका–२ का लागि हुने निर्वाचनमा एक हजार ८७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

 

जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९४९ र पुरुष ९२८ ले मतदान गर्न पाउनेछन् । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताए ।

 

निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले बताए । 


थप समाचार

बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

  • 41 seconds ago
बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसनलाई बधाई दिएका छन् । जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई गत बिहीबार भएको निर्वाचनमा भारी बहुमत

यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

  • 17 minutes ago
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।

बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

  • 21 minutes ago
बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।