धार्मिक क्षेत्रको नेतृत्व गर्न राजनीतिक प्रतिष्पर्धा

  • बुधबार, १ जेष्ठ, २०७६
  • 1 year ago
  • नेपाल

दाङ । जिल्लाको एक धार्मिक क्षेत्रको नेतृत्व गर्नका लागि राजनीतिक रुपमा प्यानल बनाएर निर्वाचन सुरु भएको छ । घोराहीमा रहेको बाह्रकुने दह (बराहक्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समिति) को नयाँ नेतृत्वका लागि राजनीतिक रुपमा दुई प्यानल बनाएर निर्वाचन मैदानमा रहेका हुन् ।  

 

घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने धार्मिकस्थलको नेतृत्वका लागि नेकपाले रामबहादुर श्रेष्ठको अध्यक्षतामा प्यानल बनाएको छ भने नेपाली काँग्रेसले टेमन बुढा मगरको अध्यक्षतामा अर्को प्यानल तयार पारेको हो । ११ सदस्यीय नेतृत्वका लागि मनोनयन समेत दर्ता भइसकेको छ । 

 

जेठ ४ गते हुन लागेको मतदानका लागि दुई प्यानल प्रचारप्रसारमा ब्यस्त रहेका छन् । नेकपाको समर्थन रहेको श्रेष्ठको प्यानलबाट अमरबहादुर गुरुङ, धनसिंह श्रेष्ठ, प्रकाश घर्ती, आइते बिक, धनराज पुन, पुर्णबहादुर बिक, लक्ष्मी घर्ती, श्रृजना कवर, दिलकुमारी घर्ती मगर र सुन्तली चौधरी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

 

यस्तै नेपाली काँग्रेसको समर्थन पाएका बुढाको नेतृत्वमा जगतबहादुर बम्पाल, माधव केसी, धर्म हमाल, तेजबहादुर थापा, दिलबहादुर बुढाथोकी, कमानसिंह बिक, रिना बस्नेत, गायत्रा रोका, कमला गाहा र बिन्दु रोकाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । 

 

नयाँ नेतृत्व चयनका लागि २१६ जना आजीवन सदस्य र १२३७ जना साधारण सदस्य गरी १४५३ जनाले मतदान गर्न पाउने निर्बाचन समितिका संयोजक दयाजी रोका मगरले जानकारी दिए । जेठ ४ गते बाह्रकुने दह परिसरमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने संयोजक रोका मगरले जानकारी दिए । 

 


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 6 minutes ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 16 minutes ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 57 minutes ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।