आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

इस्लामावाद । यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । 

 

यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । 

 

पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । 

 

उक्त आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरुर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए । 

 

उक्त राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । यस दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिबानले विरोधको तारो बनाएका छन् । 

 

मङ्गलबार भएको उक्त हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएका छन् । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

 

आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको छ । 

 

निर्वाचनको अभियानको पहिलो दिन नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् । 

 

सेनाको भूमिका नहुने 

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ । 

 

पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएअनुसार सेनाले सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरु खट्ने जानकारी दिएका छन् । 

 

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसप्रति लक्षित गरी सेनाका प्रवक्ताको यो भनाइ आएको हो । 

 

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए । 


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 1 minute ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 19 minutes ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 39 minutes ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।