विद्युत प्राधिकरणका दुर्इ कर्मचारीमाथि स्थानीयले गरे कुटपिट

सांकेतिक तस्वीर

लहान । हुकिङ गरी विद्युत चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् । 

 

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् । 

 

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए । 

 

स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । 

 

सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ । 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 4 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 16 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 20 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।