IIMS College

ISMT

HUB Education

विद्युत् खरीद सम्झौता

  • बिहीबार, १४ भदौ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

म्याग्दी ।  सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपीए) भएको छ ।  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो । 

 

हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट रु चार रुपैया आठ पैसाका दरले विद्युत् खरीद सम्झौता भएको सो आयोजनाका संस्थापक मनप्रसाद कँडेलले जानकारी दिए । 

 

पिपीए सम्झौतापछि पूर्वाधार निर्माणको अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आगामी मङ्सिरदेखि पूर्वाधार निर्माण थाल्नेछ । 

 

सो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा रहेको छ । बाँधभन्दा २०० मिटरमाथि विद्युत् गृह रहने सुपर घलेम्दीको सुरुङ २।५ किलोमिटर तथा पेनस्टक पाइप एक किलोमिटरको हुनेछ । 

 

मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जिनीयरको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनाले २०८० साल चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । 

 

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउँछन् ।

 

 दश प्रतिशत साधारण शेयर, दश प्रतिशत प्रभावित शेयर तथा दश प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । 

 

रन अफ द रिभर प्रकृतिको आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सब स्टेशनमा पु¥याएर कालीगण्डकी कोरिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ ।

 

 नारच्याङमा हाल ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट आयोजना निर्माण भइरहेको छ । एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जको निर्माणस्थलसमेत नारच्याङ नै हो । 

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 9 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 10 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 10 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।