अझै इन्जिनियर आएनन्, भूकम्पपीडित अन्यौलमा

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 8 months ago
  • नेपाल

खोटाङ ।  भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इन्जिनियर आएका छैनन् । 

 

जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर उनीहरू आउन नमानेको ती गाउँपालिकाका प्रमुखको भनाइ छ । 

 

“इन्जिनियर नआएपछि भूकम्पपीडितसँगै हामी पनि अन्यौलमा परेका छौँ,” ऐँसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने, “इन्जिनियरको लापरबाहीप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।” 

 

प्राधिकरणले पठाएका इन्जिनियरले प्रमाणीकरण गरेका अन्य स्थानीय तहका लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझ्न शुरु गरेका छन् । पहिलो किस्ता बुझेका जिल्लाका आठ हजार १७३ लाभग्राहीमध्ये अहिलेसम्म ७९ लाभग्राहीले दोस्रो किस्ताबापत एक लाख ५० हजारका दरले अनुदान बुझेका हुन् । 

 

पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएका जनाइएको छ । प्राधिकरणले बेलैमा दोस्रो किस्ता नपठाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् । 

 

आठ हजार ४४३ लाभग्राही रहेको खोटाङका कतिपयले डिपिसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकासहित दश स्थानीय तह रहेको जिल्लामा पहिलो किस्ता बुझेर पनि अझैसम्म घर निर्माण शुरु नै नगर्ने पनि छन् । 

 

दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश भवन अलपत्र परेका छन् । अधिकतम् भूकम्पपीडितले डिपिसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए । 

 

जिल्लाका २७० लाभग्राही भने अहिलेसम्म पनि पहिलो किस्ता बापतको रकम पाएका छैनन् । विदेशमा रहेका घरमूलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेशिएका वा मृत्यु भएका, बूढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म धाउन नसक्ने जस्ता समस्याका कारण कतिपय भूकम्पपीडितले हालसम्म अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक छ । 

 

भूकम्पका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डिपिसी पूरा गरेका जिल्लाका ७९ लाभग्राहीले बल्ल दोस्रो किस्ता रकम निकासा पाएका जिल्ला समन्वय समितिका आवास अनुदान सहजकर्ता रविकिरण आचार्यले बताए । 

 


थप समाचार

चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

  • 1 minute ago
चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आर

देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

  • 10 minutes ago
देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

काठमाडौँ । राजसंस्थाको पुनःर्स्थानपना र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष थापा मंगलबार पार्टीका

विराटनगरका ‘नयाँ डन’ पक्राउ

  • 33 minutes ago
विराटनगरका ‘नयाँ डन’ पक्राउ

विराटनगर । प्रहरीले आफ्नै व्यवसायिक साझेदार कुटपिट गर्ने विराटनगरका ‘नयाँ डन’ किरण लामालाई पक्राउ गरेको छ । महेन्द्र चोकमा रहेको टेल एलेभेनका अर्को साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर लामाले निर्घ



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।