इंग्ल्याण्डमा सर्जरीका लागि १ वर्षभन्दा लामो समय पर्खिन बाध्य छन् बिरामी

  • बिहीबार, २४ साउन, २०७५
  • 1 month ago
  • युके

लण्डन । इंग्ल्याण्डमा 'नन अर्जेन्ट' प्रकृतिका सर्जरीको लागि १ वर्षभन्दा पनि लामो समय पर्खिन बाध्य बिरामीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । 

 

नेसनल हेल्थ सर्भिसेज (एनएचएस ) ले हालै सार्वजनिक गरेको  तथ्यांकका अनुसार यसरी वर्षभन्दा बढि पर्खिन बाध्य बिरामीहरुको संख्या गत जुन महिनामा ३ हजार ५ सय १७ पुगेको छ । यो संख्या मे महिनाभन्दा करिब ४ सयले धेरै हो । 

 

लामो पर्खाइमा रहेका बिरामीहरुको यसपटकको संख्या गत ६ वर्ष यताको सबैभन्दा उच्च हो । 

 

सन् २०१४ मा बेलायतका तत्कालीन स्वास्थ्य मन्त्री जेरेमी हन्टले अप्रेसन गराउनका लागि बिरामीहरुले लामो समय पर्खिनुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसका बाबजुद समस्य झन् बढ्दै गएको देखिएको छ । 

 

सामन्यतया अपवाद केसहरु बाहेक अन्य अवस्थामा कुनै पनि बिरामीले १८ साता भित्रै सर्जरी गराउन पाउनुपर्ने हुन्छ । तर गत जुन महिनामा यो अवधि भन्दा लामो समय पर्खिन बाध्य बिरामीहरुको संख्या ५ लाख पुगेको थियो । 

 

यसैबीच, एक सर्वेक्षणले इंग्ल्याण्डमा ४० प्रतिशत बिरामीहरुले चाहेको समयमा जिपी अपोइन्टमेन्ट समेत पाउन नसक्ने अवस्था रहेको देखाएको छ । 

 

एनएचएसका अनुसार इमर्जेन्सी सेवाका लागि आउने बिरामीहरुको संख्या गत जुलाई महिनामा अहिलेसम्मकै सबैभन्दा बढि पुगेको छ । 

 

एक छुट्टै सर्वेक्षणले इंग्ल्याण्डका जिपी प्राक्टिसमा आउने बिरामीहरुमध्ये ८४ प्रतिशतलाई त्यहांको सेवाबाट सन्तुष्ट रहेको देखाएको छ । 

इंग्ल्याण्डभरका ७ लाख ६० हजार मानिसहरुमाझ गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशत जिपी अपोइन्टमेन्ट लिने प्रक्रियाका बारेमा सकारात्मक देखिएका छन् । तर सेम डे अपोइन्टमेन्ट प्राप्त गर्नेहरु भने ६६ प्रतिशत मात्रै पाइएका छन् । 

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 3 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 4 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 4 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको