इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत

Education Park

काठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् । 

 

इंग्ल्याण्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको हो भने पेनाल्टी सुटआउटमा आयोजक राष्ट्र रसियालाई ४–३ गोलले हराउँदै क्रोएशिया पनि  सेमिफाईनलमा पुगेको हो । 

 

फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुँदैछ । 

 

यहाँ हामीले यी दुई राष्ट्रको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

 

– इंग्ल्याण्ड र क्रोएशियाबीच ८ पटक प्रतिस्पर्धा हुन लागेको हो । इंग्ल्याण्डले ४ खेलमा जित हासिल गरेको छ भने १ खेल बराबरी तथा दुई खेल क्रोएशियाको पक्षमा गएको थियो ।

 

– यी दुई राष्ट्रबीचको ७ भिडन्तमध्ये ६ भिडन्त बुधबार नै भएको थियो । आजको खेल पनि बुधबार नै हुँदैछ । 

 

– इंल्याण्डले तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको हो । सन् १९६६ मा इंल्याडले पोर्चुगललाई २–१ गोलले पराजित गरेको थियो भने सन् १९९० मा जर्मनीसँग पेनाल्टी सुटआउटमा हारेको थियो । 

 

– जारी विश्वकपमा क्रोएशियाको ८ फरक खेलाडीले गोल गरेका छन् । बेल्जियमका ९ खेलाडीले विश्वकपमा गोल गरेका थिए । 

 

– इंग्ल्याण्डले एउटै विश्वकपमा सन् १९८२ देखि दुई यूरोपियन राष्ट्रलाई पराजित गर्न  सकेको छैन । इंल्याण्डले सन् १९८२ मा चेकोस्लोभाकिया तथा फ्रान्सलाई पराजित गरेको थियो । 

 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 7 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 8 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।