Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘काँडेतार’ प्रिमियर

‘काँडेतार’ प्रिमियर


काठमाडौँ । राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ ।

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए ।

नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।

फिल्म हेरेपछि नेता खनालले भने–‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’

फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए ।

फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मलाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि

पूजा शर्माको आकस्मिक शल्यक्रिया

काठमाडौँ । अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । सामाजिक सञ्जालमा

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

काठमाडौँ । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका

Techie IT