वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ । 

 

सो उद्योग परिसरका प्रभावित स्थानीय बासिन्दा किशोरकुमार विश्वाससहितले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै सो उद्योगको वातावरणनीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गर्दा ध्वनि प्रदूर्षण, साना कणले स्वास्थ्यमा असर परेको जानकारी गराए । 

 

उद्योग सञ्चालनका लागि गोप्य तरिकाले प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङकन बिना नै गल विधि प्रक्रिया र गैरकानूनी रुपमा स्वीकृत र सञ्चालन गरेको ज्ञापनपत्रमा उल्लेख छ । 

 

सो उद्योगका कारण भौतिक, जैविक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रहरु प्रभावित भएको, पानीको मुहान सुकेको, श्री नविन शिक्षा निकेतन आधारभूत माध्यामिक विद्यालय पठनपाठन प्रभावित भएको उल्लेख छ । 

 

स्थानीय प्रतिनिधि किशोरकुमार विश्वासले धुलो, धूँवा, ध्वनि प्रदूषणका कारण बस्न निकै कठिनाइ भएको हुँदा वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र उद्योग सञ्चालन गर्न माग गरे । 

 

आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सो उद्योगका बारेमा विस्तृतरुपमा अध्ययन गरेर स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 


थप समाचार

हवाई कम्पनीलाई यी कुरामा छुट

  • 7 minutes ago
हवाई कम्पनीलाई यी कुरामा छुट

काठमाडौँ । हवाई कम्पनीहरूका लागि पार्किङ शुल्क लाइसेन्स नवीकरण तथा पूर्वाधार करमा छुट दिइएको छ ।

कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

  • 14 minutes ago
कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

काठमाडौँ । कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन

  • 24 minutes ago
स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।