एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

  • शुक्रबार, २१ मंसिर, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार सार्वजनिक गरिएको छ । 

 

आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले बिहीबार  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । 

 

प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ । 

 

विराटनगरको कप्तानी पारस खड्का तथा ललितपुरको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । राउण्ड रोविन लिगमा उद्घाटनको अर्को दिनदेखि दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।  


थप समाचार

यस्तो रहेको छ आजको तपाईको भाग्य !

  • 20 minutes ago
यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३

मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

  • 28 minutes ago
मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

पोखरा । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

  • 33 minutes ago
पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य !

यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३ पला, दिउँसो ०३ बजेर ११ मिनेट उप्रान्त चतुर्थी ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।