गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • शुक्रबार, ३ फागुन, २०७५
  • 5 months ago
  • युके
Education Park

 

लण्डन । भूतपूर्व गोर्खाहरुको समस्याको उचित समाधानको लागि उत्चस्तरीय पहल गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बनध समितिले नेपाल सरकारलाई निर्देशन दिने भएको छ । 

 

शुक्रबार बसेको समितिको १७ औं बैठकले नेपाल सरकारलाई उच्चस्तरीय पहल र वार्ता आरम्भ गर्न निर्देशन दिने निर्णय गरेको हो । 

 

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ । 

 

समितिले बेलायती सेनामा नेपाली महिलाहरुको भर्ती गर्ने कार्य तत्काल बन्द गराउन पनि निर्देशन दिने भएको छ । 

 

गोर्खा भर्ती सन्धिको पुनरावलोकन गरी नेपालको संिवधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीतिको कार्यान्वयन गर्दै नेपाल सरकारको सहमति बिना नेपाली महिलाहरुलाई बेलायती सेनामा भर्ती गर्ने कार्य तत्काल बन्द गरियोस् र केहि समयअघि भर्ती गरिएका नेपाली महिलाहरुलाई फिर्ता बोलाइयोस् भनी निर्देशन दिने निर्णय गरेको बैठकपछि समितिकी सभापति पवित्रा निरौला खरेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

 

बैठकमा गोर्खाहरुको समस्यासम्बन्धी प्रतिवेदनमाथि छलफल हुंदा परिमार्जनसहित पेश गर्न  ३ जना सदस्यहरुलाई जिम्मा लगाइएको छ । समितिका सदस्य सांसदहरु भिमबहादुर रावल, दिपकप्रकाश भट्ट र दिव्यमणी राज्यभण्डारीलाई उक्त जिम्मेवारी दिइएको छ । 

 

यता बेलायती सरकारका रक्षामन्त्री अर्को साता नेपाल भ्रमणमा जांदैछन् । गोर्खा समस्या समाधानको लागि गठित त्रिपक्षीय प्राविधिक संयन्त्रले प्रतिवेदन बुझाएको १ वर्ष हुनै लाग्दा बेलायती मन्त्री नेपाल जान लागेका हुन् । सोहि प्रतिवेदनको आधारमा बेलायतका तर्फबाट उनले नेपाल सरकारसमक्ष केहि प्रस्तावहरु बोकेर जाने अपेक्षा गरिएको छ । 

 

 


थप समाचार

बाल गायिका श्रेष्ठको ‘नेपालकी छोरी’ सार्वजनिक

  • 45 seconds ago
बाल गायिका श्रेष्ठको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौँ । अमेरिका निवासी वरिष्ठ गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित “नेपालकी छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

  • 2 minutes ago
कालीगण्डकीमा स्टिमर सेवा स्थगित

पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ ।

बलिउडमा शाहरुख खानलाई उछिन्न कठिन, थाहा पाउनुहोस् कति छ सम्पत्ति

  • 4 minutes ago
बलिउडमा शाहरुख खानलाई उछिन्न कठिन, थाहा पाउनुहोस् कति छ सम्पत्ति

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको आम्दानी करोडौँ रहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।