ISMT

HUB Education

यस्ता छन् मुकेश अम्बानीका सबैभन्दा महङ्गा ११ सम्पत्तिहरु जसबारे कमैलाई थाहा छ

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ । 

 

सौख पूरा गर्न मानिसले पैसा कमाउन सिक्छ । यसको जल्दोबल्दो उदाहरण हुन्, मुकेश अम्बानी ।  एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक ज्याक भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । 

 

भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

 

अम्बानी परिवार धनि हुनुका साथै उनीहरुको आफ्नो शोख पनि निकै फरक र महङ्गो हुने गर्छ । 

 

त्यसैले त अम्बानीले आफ्नो ११ हजार करोडको घर बनाएका छन् । जसको नाम ‘एन्टीलिया’ राखिएको छ । उनका श्रीमती, छोरी र छोराहरु पनि उत्तिकै लायक र परिश्रमी छन् । 

 

उनीसँग भएका गाडी, प्लेनका साथै अरु चीज पनि निकै महङ्गा र आर्कषक छन् । साथै संख्यामा पनि धेरै छन् । जुन हरेक मानिसको सपना हो । 

 

बोइङ बिजनेस जेट 

 

 

मुकेश अम्बानीसँग  २१ औँ शताब्दीको प्रविधिको प्रयोगबाट बनेको ७३ मिलियन डलर मूल्यको बोइङ बिजनेस जेट–२ छ । 

 

८.५ करोडको BMW

 

 

भारतको सबैभन्दा महङ्गो कारमा घुम्छन् अम्बानी । एक रिपोर्टको अनुसार यो कारको मूल्य १.९ करोड रुपैयाँ हो । तर उनको लागि यो कार जर्मनीद्वारा बनाइएको हो ।  बीएमडब्लू कारको आयात शुल्क ३०० % रहेको छ त्यसैले यसको मूल्य ८.५ करोड हो । 

 

 द फाँल्कन–९०० 

 

 

उनको यो विमानमा १४ जना यात्रा गर्न सक्छन् । सुत्रको अुनसार यो एवियनिक्सको सबैभन्दा राम्रो श्रृखला हो । यसको मूल्य ४३.३ मिलियन डलर रहेको छ । 

 

 मल्टी स्टारी ग्यारेज 

 

 

मुकेश अम्बानी कारका निकै सौखिन हुन् । उनको घर एन्टीलियामा एक निकै ठूलो ग्यारेज रहेको छ जसमा १६८ वटा कार पार्किङ गर्न सकिन्छ । उनको घरको छतमा हेलीप्याड समेत रहेको छ ।  

 

एयरबस–३१९

 

 

डीएनएका अनुसार मुकेश अम्बानीसँग एयरबस–३१९ पनि छ । जसमा १८० जना यात्रु यात्रा गर्न सक्छन् । र यसको मूल्य २३० करोड पर्छ । 

रोल्स रोयस  

 

 

कारको रानी मानिने यो कार आफूसँग होस् , यो सपना हर कोहि मानिस देख्ने गर्छन् तर यो कार भारतमा अमिताभ बच्चन र मुकेश अम्बानीसँग मात्र छ । 

 

एस्टन मार्टिन ¥यापिड  

 

 

यो कार अम्बानीको घरनजिकै २०१३ मा दुर्घटना भएको थियो । जसलाई फेरि बनाउन मात्र ४.५ करोड खर्च भएको थियो । 

 

मेब्याच–६२ 

 

 

डेली भास्करको अनुसार यो कारमा कन्फेरेन्सको सुविधासमेत रहेको छ । ५५१३ सीसी इन्जिन र प्रतिघण्टा २५० किमीको गतिमा कुद्ने यो कारमा एक घण्टामा पुग्ने ठाउँमा ५.४ सेकेण्ड लाग्छ । 

 

एन्टीलिया 

 

 

मुकेश अम्बानीको घरको निर्माण गर्न कुल लागत १ विलियन , ४००००० वर्ग फुट जमिन , २७ वटा फ्लोर र उचाई ४० वटा विल्डिङ बराबरको छ । 

 

 मर्सिडीज बेन्ज एस गार्ड 

 

 

यो कार ६०० औँ पटक संशोधित संस्करण हो । यो कारको लेस सुरक्षा प्रणाली जेड श्रेणीको रहेको छ । यो पृथ्वीके सबैभन्दा विलासी र सुरक्षित कार हो । 

 

रिलायन्स कम्पनी 

 

 

 रिलायन्स कम्पनीसँग ऊर्जा, पेट्रोकेमिकल्स, वस्त्र, प्राकृतिक संसाधन, खुद्रा र दुरसञ्चार जस्ता विभिन्न क्षेत्रमा कारोबार रहेको छ । यसले हरेक वर्ष ४.७ विलियन फाइदा कमाउँछ र मुकेश अम्बानीले यसबाट ४४.७ प्रतिशत पाउँछन् । 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 6 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 6 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।