IIMS College

ISMT

HUB Education

आँखाको सुरक्षाका गर्न यस्ता कुरामा ध्यान दिनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन ।

 

 ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ ।

 

साथै, चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा त्यस्ता वस्तु निस्कन सक्छन् ।

 

आँखामा परेको बाहिरी वस्तुलाई निकाल्न या हटाउन चिमोट्ने, औँलाको नङ या कुनै सिन्काको प्रयोग गर्नुहुँदैन । 

 

निकै पीडा भएमा या ठूलै चोट लागेको अनुभव भएमा जतिसक्दो चाँडो आँखा विशेषज्ञलाई देखाई उपचार गर्नुपर्छ ।

 

समयमै उपचार गराएमा आँखालाई अरू बढी नोक्सान हुनबाट बचाउन सकिन्छ । 

 

आँखामा कटन आइप्याड लगाएर तुरुन्त आँखाको डाक्टरलाई भेट्न सकेमा राम्रो हुन्छ । बालबालिका हो भने आँखामा चोट लागेपछि पेट खाली राख्नुपर्छ किनभने, चिकित्सा प्रक्रियाअन्तर्गत अप्रेसन  गर्नुपर्नेसम्मको अवस्था पनि  आउन सक्छ । 

 

त्यसैगरी रङरोगनको काम गर्दा, घरमा कुनै केमिकलले साङ्ला या लामखुट्टे भगाउँदा अथवा कुनै स्प्रे गर्दा भूलवश आँखामा ती वस्तु पर्न सक्छन् । यस्तो अवस्थामा बिरामी शान्त भएर बस्नुपर्छ । तर, आँखा रुमालले पुछ्ने, आँखा माड्ने, आँखामा पट्टी बाँध्ने वा चिम्लिने गर्नुहुँदैन । यसो गर्नाले रसायन आँखाको भित्री सतहसम्म पुगी थप क्षति बेहोर्नुपर्ने हुन सक्छ । 

 

यस्तो प्रकारको घटनामा लगातार १५–३० मिनेटसम्म शुद्ध पानीले आँखा सफा गर्नुपर्छ ।

 

खेलका क्रममा चोटपटक लागेमा अवस्थामा रुमाल या तौलियामा आइसको एउटा सानो टुक्रालाई बेर्ने र प्रभावित आँखामा हल्का सेक्नुपर्छ । तर, आँखामा सोझै बरफको टुक्राले सेक्नु भने हुँदैन । 

 

यति गर्दा पनि आराम नभएमा आँखा खोल्न गाह्रो भएमा, आँखा दुखिरहेमा या हेर्दा धमिलो देखिएमा नजिकको आँखा अस्पतालमा तुरुन्तै 

जाँच गराउनुपर्छ । नयाँ पत्रिकाबाट

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 8 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 9 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 9 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।