IIMS College

ISMT

HUB Education

नेत्रज्योति सङ्घमा आधुनिक उपकरण व्यवस्थापन

  • बुधबार, २९ साउन, २०७६
  • 5 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गाइघाट । नेत्रज्योति सङ्घ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दुसहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले रु एक करोड बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ ।

 

सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको रु एक करोडको बजेटले जापानबाट सङ्घका लागि १६  प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर ल्याइएपछि अब नेत्रज्योति सङ्घ उदयपुर प्राविधिकरूपमा सक्षम भएको सङ्घका अध्यक्ष भागवत राउतले बताए ।

 

खरीद गरिएका नयाँ उपकरण तथा मेसिनमा अपरेश माइक्रोपकप्स, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्रायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डि, लेन्ससहितका उपरकण रहेका छन् । अन्यमा भेजिन ड्रम, अटो¥याफिक मिटर, लेन्ससोमिटरसहितका आधुनिक उपकरण व्यवस्थापन भएको छ । 

 

विसं २०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले आगामी मङ्सिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरु गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको सङ्घका सदस्य ज्ञानबहादुर बस्नेतले बताए ।

 

नेत्रज्योति सङ्घलाई आधुनिक ढङ्गबाट व्यवस्थापन गरेर सङ्घको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको तीनतले नयाँ भवन निर्माणकार्यसमेत सम्पन्न हुनलागेको सङ्घ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवारले बताइन्।

 

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको एक बिघा जग्गामा जापानी राजदूतावासको रु ९० लाख आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको रु ४० लाख आर्थिक सहयोग र अन्य दाताको आर्थिक सहयोग गरेर कूल रु  एक करोड ८१ लाखमा नयाँ भवनसमेत निर्माणकार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।

 

सङ्घमा वार्षिक १७ हजारसम्म सेवाग्राहीले आँखा उपचार सेवा लिँदै आएको सङ्घका प्रमुख प्राविधिक चिकित्सक डुल्लीराज तिम्सिनाले बताए । हालसम्म यस सङ्घले आँखाका जाँच, सामान्य शल्यक्रिया, रेटिना भेजिना सफा गर्ने र जलविन्दु, मोतियाविन्दु हुनुअघिका सम्पूर्ण उपचार प्रदान गर्ने र चश्मा निर्धारण तथा व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको सङ्घका प्राविधिक प्रमुख तिम्सिना बताउँछिन् ।

 


थप समाचार

मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

  • 18 minutes ago
मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्र

६० मिनेटमा हालाण्डको ५ गोल

  • 30 minutes ago
६० मिनेटमा हालाण्डको ५ गोल

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा डर्टमण्डले आफ्नो होममा एफसी कोल्नलाई ५–१ गोलले पराजित गरेको छ ।

अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

  • 40 minutes ago
अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौं । सिरियल ‘दिल तो ह्याप्पी है जी’ फेम अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । सिम्मी खोसलाको भूमिका निभाउँदै आएकी सेजल शर्माले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।