फेसबुकमा धेरै नभुल्नुहोस् !

Education Park

एजेन्सी । युनिभर्सिटी अफ मिसिगन र इलियन स्टेट युनिभर्सिटीमा भएको एक प्रयोगमा जुन बच्चाका आमाबुबामा फेसबुक जस्ता समाजिक मिडियाको नशा छ उनीहरुका बालबच्चामा आत्महत्या जस्तो खतरनाक प्रवृति बढ्ने गरेको पाइएको छ ।

 

यो रिपोर्टले सबै आमाबाबुलाई एकपटक झक्झकाएको छ । अनुसन्धानमा बालबच्चाहरुको त्यो स्थितिको लागि जिम्मेवार मानिएको छ ।

 

मिसिगन युनिभर्सिटीमा व्यवहार विशेषज्ञ तथा बाल रोग विशेषज्ञ एवम् प्रमुख अनुसन्धानकर्ता जेनी रेडेस्की भन्छिन्, ‘यस्ता अभिभावकहरुका बच्चामा अचानक आवेगमा आउने आशंका हुन्छ । बच्चा र प्रविधिको बीच समय बाँढिने कारण आमाबाबु स्वयम् बच्चाहरुको मानसिक स्थितिप्रति ध्यान दिन महत्व दिईरहेका हुन्नन् ।’ उनीहरु आफू सामाजिक सञ्जाल प्रयोग गरिरहेको बेला बच्चासँग बारम्बार झर्किरहेका हुन्छन् ।

 

सन २०१६ मा कमन सेन्स् मिडिया रिपोर्टका अनुसार आठ वर्षदेखि १८ बर्षका बच्चाका ४८ प्रतिशत अभिभावकसँग गरिएको अनुसन्धानमा उनीहरु बच्चाहरुसँग बिताउने समयमा दिनमा तीनदेखि चार पटक बच्चाहरुसँग झर्किएको पाइयो ।

 

२४ प्रतिशतका अनुसार यस्तो व्यवहार दिनमा दुई पटक भएको पाईयो भने १७ प्रतिशतका अनुसार स्मार्टफोन र कम्पुटरका कारण एक पटक यस्तो व्यवहार गरेको पाइयो भने कूल ११ प्रतिशतका अनुसार यसबाट उनीहरु र बच्चाहरुको समयमा कुनै अबरोध भएको पाइएन ।

 

स्मार्टफोनबाट बच्चाहरुलाई टाढा राख्दा फाइदा पनि भएको छ । ओहायो स्टेट युनिभर्सिटीका ह्यूमन साइन्स एन्ड साइकोलोजीका प्रोफेसर सारा स्कोप सलिवनले फेसबुक आजभोली आमा बन्दै गरेका महिलाहरुको मानसिक स्वास्थ्यमा खतरानाक बनिरहेको छ ।

 

अर्को एक तथ्यले के बताएको छ भने फेसबुकमा लिप्त हुनु अनुवंशिक कारण पनि जिम्मेबार रहेको छ । लण्डनको किंग्स् कलेजका विशेषज्ञले चार हजार दुइ सय ५० जुम्ल्याहा बच्चाको अनलाइन गतिविधिको एक अध्ययनमा यो कुराको पुष्टी भएको हो । उनीहरुले सोसल मिडियाको लतमा ३९ प्रतिशतसम्म अनुवांशिक कारण जिम्मेवार हुने पत्ता लगाए । विशेषज्ञहरुले यसबाट सोसल मिडियाको नशा बाहिरी नभई कतिपय अवस्थामा अनुवंशीक गुणका कारण पनि हुने गरेको बताएका छन् ।


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।