IIMS College

ISMT

HUB Education

तीन कराेड फेसबुक प्रयाेगकर्ताकाे व्यक्तिग विवरण चाेरी, डेढ कराेड प्रयाेगकर्ता जाेखिममा

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब तीन कराेड प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । 

 

फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो ।

 

ह्याकरले साेचिएभन्दा कम व्यक्तिलार्इ असर पारेकाे जनाउँदै फेसबुकले २ करोड ९० लाख प्रयाेगकर्ताकाे व्यक्तिगत विवरण ह्याक भएकाे जनाएकाे हाे ।

 

‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ’, फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । 

 

पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए । अरु एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । 

 

फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । 

 

यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ । 

 

क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो ९एफबीआई०, अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । 


थप समाचार

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 24 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्

हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

  • 26 minutes ago
हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

एजेन्सी । युरो छनोट अन्तर्गत बेल्जियमले रसियालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले पराजित गरेको हो ।

पानी चोरेको आरोपमा उजुरी !

  • 38 minutes ago
पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किसमीस सेवन गर्नुका फाइदाहरु

किसमीस सेवन गर्नुका फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।