अकस्मात मानिस बेहोस भए के गर्ने ?

कहिलेकाँही मानिस जहाँ र जहिले पनि बेहोस हुन सक्छन् । त्यस्तो अवस्थामा नजिकै रहेको मानिसको भूमिका बढी हुन्छ । उसैले नै उक्त बेहोस व्यक्तिको ज्यान बचाउन सक्छ । 

 

सामान्यत मानिस तीन कारणले बेहोस हुने गर्छन् । मस्तिष्कमा इपिलेप्सी हुँदा, ट्युमरलगायतको कारणले बोहोस हुन सक्छ । यस्तो अवस्थामा मानिस बेहोस भए पनि रक्तसञ्चारचाहिँ हुन्छ । किनकि त्यतिवेला मुटुले काम गरिरहेको हुन्छ । यसरी बेहोस भएको मानिसको हात–खुट्टा चल्ने, जिउ तन्किने, मुखमा फिज आउने, मुखबाट फिज आउनेलगायत हुन्छ । यसरी बोहोस भएका मानिसको नाडी र पल्स पनि चलेको हुन्छ ।

 

अर्कोचाहिँ मुटुको कारणले बेहोस हुन्छन् । यस्तो अवस्थामा मानिसको रक्तसञ्चार नै रोकिन्छ । किनभने, मानिसमा रक्तचापको यतिसम्म हुनुपर्छ, जसले मस्तिष्कमा रक्तसञ्चार गर्न सकोस् । 

 

तेस्रो कारण हो मस्तिष्कमा अक्सिजनकोे कमी, गर्मी, बढी पसिना, उच्च रक्तचापको औषधि अत्यधिक सेवनलगायतका कारणले बोहोसीको समस्या हुन्छ । यस्तो समस्या त्यति खतरा हुँदैन । 

 

बेहोस भए के गर्ने ?

 

  • सर्वप्रथम बेहोस भएको मानिसलाई देब्रे कोल्टो पारेर सुताउनुपर्छ । देब्रे खुट्टालाई सीधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ । त्यस्तै, देब्रे हातलाई खुम्च्याउनुपर्छ र दाहिनेलाई चिउँडोको तल राख्नुपर्छ । 

 

  • कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्नेलगायतको गतिविधि गर्नु हुँदैन ।

 

 

  • ब्लडप्रेसर न्यून भएर बेहोस भएको अवस्थामा पहिला मानिसको खुट्टा उचालिदिनुपर्छ र सिरानी झिकिदिनुपर्छ । ताकि खुट्टातिरबाट रगत मस्तिष्कमा पुगोस् । यस्तो अवस्थामा मानिसलाई बसाउने, केही कुरा खुवाउन खोज्ने, दाँत उप्काउनेलगायतका गल्ती गर्नु हुँदैन ।

 

 

  • कार्डियो क्यारेस्टका कारण बोहेस भई विश्वमा धेरै मानिसको मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा पहिला बिरामीलाई भुइँमा सुताउनुपर्छ । र, एउटा हातमाथि अर्को हात राखी औँला छिराएर हत्केलाले छातीको बीच भागमा थिच्नुपर्छ । प्रतिमिनेट सयदेखि एक सय २० पटक दुई इन्च तलसम्म थिच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा श्वासप्रश्वासबारे पनि विचार गर्नुपर्छ । त्यसपश्चात् एक सेकेन्डभित्रै नाक बन्द गरेर मुखबाट कृत्रिम श्वास दिनुपर्छ । यस्तो श्वास दिँदा छाती माथि उठेको देखिनुपर्छ । यसो गर्‍यो भने मानिसको बाँच्ने सम्भावना बढेर जान्छ ।

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।