‘फेक रेस्क्यू’मा संलग्न १७ कम्पनी कारबाहीको सिफारिसमा, कुन–कुन ?

  • बुधबार, ३० साउन, २०७५
  • 3 months ago
  • अर्थ
सगरमाथा क्षेत्रमा उद्दारका लागि पुगेको हेलिकप्टर ।

काठमाडौं । पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ गराउने गिरोहलाई कारबाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनपछि सरकारले कारबाहीको प्रक्रिया सुरु गरेको छ । 

 

नेपालको फैलँदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी, हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई सरकार कारबाही गर्ने तयारीमा रहेको छ । 

 

पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टरमार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ ।

 

नेपाल भ्रमणमा आएका पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली बीमा गर्ने र उद्दारको नाममा कमाउ धन्दा चलाउन अस्पताल, हेलिकोप्टर कम्पनी, पर्यटन व्यवसायी गरी करिब १०० भन्दा बढीलाई कारवाहीको सिफारिस गरिएपनि पहिलो चरणमा १७ कम्पनीलाई कारबाही गर्ने तयारी गरेको हो । 

 

नेपाल सरकारद्वारा गठित अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुलतीको सकोन हस्पिटल प्रा.लि. र कपुरधाराको सिवेक अस्पताल प्रा.लि. कारबाहीको सिफारिसमा परेका छन् । 

 

यी अस्पतालहरुले चिकित्सकीय मर्यादाविपरीत फरक–फरक शीर्षकमा बिलबीजन खडा गरेको औंल्याउँदै थप छानबिन गर्न र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

 

यस्तै, एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेष्ट पनि ठगीमा संंलग्न भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

 

ट्रेकिङ टुर तथा रेस्क्युतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन ठोमेस्टिक, माउन्टेन रेस्क्यू सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन् ।

 

यसैबीच पर्यटन मन्त्रालयले नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, नागरिक उड्डयन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई कारबाही गर्न निर्देशन दिएको छ । 

 

नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली उद्दार गरी बिमा रकम असुल्ने र उद्दारको चर्काे भाडा लिई ठगी गरेको चर्को गुनासो पछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सो समिति गत जेठ २१ गते गठन भएको हो । समितिले यही साउन १४ गते प्रतिवेदन बुझाएको हो ।

 

नेपालको  पर्यटन क्षेत्रको बदनामी भएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले कोही कसैले पनि छुट नपाउने विश्वास व्यक्त गरेका छन् । तर, पूर्व एमाले निकटका व्यवसायी नै सो प्रकरणमा लागेको खुलेपछि मन्त्री अधिकारीले जोगाउन लागेको स्रोतहरुले जनाएका छन् ।

 

के–के गर्छन् कम्पनीले ?

सामान्य दुखाई कम हुने औषधीले निको हुनसक्ने बिरामीलाई स्थानीय होटल तथा पथप्रदर्शकले काठमाडौं गएरै उपचार गर्न बाध्य पर्छन् । काठमाडौं आउँदाको हेलिकोप्टर चार्टड शुल्क, चिनेजानेका अस्पतालहरूमा पुर्याएको शुल्क र काठमाडौंमा आफ्नै नजिकका होटलमा बसाएको शुल्कबाट उनीहरू कमिसन लिने गर्छन् । 

 

एकपटक स्वास्थ्य परीक्षण गराएको ८ सय डलरसम्म लाग्ने गर्छ । दुई वा तीन दिन अस्पतालमा बिताए ५ हजार डलरसम्म असुलिन्छ । यहाँ पनि कमिसनको खेल हुनेगर्छ ।

 

यस्तै, स्थानीय होटल मालिकहरूले बिरामी पर्यटकको उद्धारका लागि हेलिकोप्टर बोलाउँछन् । त्यसमा आफूलाई चाहिने सामग्री पनि मगाउँछन् । होटल मालिकले हेलिकोप्टर बोलाएबापत पैसा लिन्छन् । अर्कोतर्फ होटलका लागि आवश्यक सामग्री पनि मगाउँछन् ।

 

त्यसैगरी, एक्सपेडिसन सञ्चालन गर्ने टे«किङ कम्पनीले दुई जनालाई उद्धार गर्न एउटै हेलिकोप्टरको प्रयोग गर्ने गर्छन् । बीमा कम्पनीलाई उनीहरूले बील भने फरक–फरक ५–५ हजार गरी १० हजार डलरको बनाएर देखाउँछन् । जसबाट झन्डै ७ हजार डलर नाफा कमाउँछन् । 

 


थप समाचार

टिपरकाे ठक्करबाट चार वर्षीय बालककाे मृत्यु

  • 1 minute ago
टिपरकाे ठक्करबाट चार वर्षीय बालककाे मृत्यु

चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सलमान खानले यी फिल्महरु अस्वीकार गर्दा साहरुखको भाग्य चम्कियो

  • 20 minutes ago
सलमान खानले यी फिल्महरु अस्वीकार गर्दा साहरुखको भाग्य चम्कियो

बलिउडमा हाल सलमान खानको प्रतिस्पर्धा गर्ने कोही पनि देखिएका छ्रैनन् । एकपछि अर्को गर्दै उनका फिल्महरुले ठुलो व्यापारिक सफलता पाइनै रहेका छन् ।

टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी

  • 43 minutes ago
टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी

क्यान्डी, श्रीलंका । श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।