बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • सोमबार, २६ कार्तिक, २०७५
  • 3 months ago
  • युके

 

लण्डन । आइतबार लण्डनको  फेल्थाममा १६ औँ राष्ट्रिय विभुती, समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ । “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायतद्धारा उक्त कार्यक्रम आयोजना गरिएको थियो । 

 

विगतका वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको विभिन्न ठाँउहरुबाट किराँत धर्मका अनुयायी भक्तजन र शुभचिन्तकहरु भेला भएर महागुरु फल्गुनन्दको जन्म जयन्ती मनाए । 

 

प्रमुख अतिथि कियाचु युकेका पूर्व केन्द्रिय अध्यक्ष सुबास चन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दल प्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवि तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पुर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ् क्षेत्र नम्बर ६ का भुतपूर्व सभासद श्रीमती तारा राईका साथै अग्रज समाजसेवीहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेका थिए ।

 

सेवापुजा सकेपछि “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमको मध्यान्तरमा संस्थाका सदस्य पुर्ण कुमार फालेच्छाले हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाको तर्फबाट कार्यकाल सफलताको कामनासहित साथै बधाई दिइएको थियो ।

 

कार्यक्रमको अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पुर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा समापन गरेका थिए ।

 

विहानको ११ बजे कार्यक्रम शुरु भएर दिउसो ५ः३० बजे सकिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तव्य दिएका थिए भने सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

- सुरेन्द्र इङ्नाम, केन्ट

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 32 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।