फास्ट ट्रयाक, विवाद र यथार्थ

Education Park

काठमाडौं । सरकारले विभिन्न २१ ओटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । लुम्बिनी क्षेत्रविकास कोषदेखि उत्तर–दक्षिण रेलमार्गसम्मलाई सरकारले राष्ट्रिय गौरवका आयोजना मानेको छ । विभिन्न जलविद्युत अयोजनादेखि पूर्वाधार विकासलाई राष्ट्रिय गौरवका आयोजना मानेर भइरहेको काम अपेक्षकृत दु्रत गतिमा हुन सकिरहेको छ । समृद्धिको ठूला कुरा गरे पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न भइरहेका प्रयत्नहरु पर्याप्त छैन । गौरवका आयोजनामा सूचीकृतमध्येको एक हो, काठमाडौं–तराई–मधेस दु्रतमार्ग अर्थात् फास्ट ट्रयाक ।

 

आयोजनाः काठमाडौं–तराई–मधेस दु्रतमार्ग

लम्बाईः ७६ किलोमिटर

चौडाईः ७ देखि १२ मिटर

 

आयोजनाको पृष्ठभूमी

 

सन् १९९३ः डेनमार्कको अन्तर्राष्ट्रिय सहयोगमा सम्भाव्यता अध्ययन 

२०६५ सालः नेपाल सरकारद्धारा निर्माणको लागि गृहकार्य थालनी तथा २०७८ सालमा निर्माण सम्पन्न गर्ने महत्वाकांक्षी योजना निर्माण

२०६६ सालः दु्रतमार्गको शिलान्यास

२०७१ सालः आइएल एन्ड एसएफ कम्पनीलाई विस्तृत परियोजना अध्ययन (डिपिआर) अनुमति

२०७४ सालः भारतीय कम्पनीसँग सम्झौता रद्द, नेपाली सेनालाई निर्माणको जिम्मा

 

 

काठमाडौं–निजगढ ७६ किलोमिटर दूरीको फास्ट ट्रयाक निर्माण भएपछि ५९ मिनेटमा काठमाडौबाट निजगढ पुग्न सकिन्छ । राष्ट्रिय गौरवको यो आयोजना एडिबीको अध्ययनअनुसार सन् २००८ ५५ अर्ब ११ करोड र २०१४मा ९७ अर्ब ८८ लाख रुपैयाँ लाग्ने देखाएको थियो । भारतीय कम्पनी इफ्रास्ट्रक्चर लिजिङ एन्ड फाईनान्स सर्भिसेज (आईएल एन्ड एफएस) ट्रान्स्पोटेसन नेटवर्क लिमिटेड कम्पनीलाई नेपाल सरकारले अध्यनको लागि दिएको अनुमति अनुसार १ अर्ब ११ करोड ९० लाख अमेरिकी डलर अर्थात १ खर्ब १२ अर्ब लाग्ने अध्ययनले देखायो । राष्ट्रिय विकासका लागि उपयोगी उक्त फास्ट ट्रयाक नेपाली बुद्धिजीवी, बिज्ञ, व्यवसायीले वार्षिक २० अर्ब बजेट छुट्टाएर ५ बर्षमा सन् २०१० मा १ अर्ब डलर अर्थात ७५ अर्ब रुपैयाँमा सम्पन्न गर्न सकिने भन्दै प्रक्रिया अघि बढाइर्एको थियो । 

 

फास्ट ट्रयाक, विवाद र यथार्थ

 

बहुचर्चित फास्ट ट्रयाक निर्माण आयोजना भारतीय कम्पनी इफ्रास्ट्रक्चर लिजिङ एन्ड फाईनान्स सर्भिसेज (आईएल एन्ड एफएस) ट्रान्स्पोटेसन नेटवर्क लिमिटेड कम्पनीलाई नेपाल सरकारले अध्ययनको लागि दिएको अनुमति अनुसार १ अर्ब ११ करोड ९० लाख अमेरिकी डलर अर्थात १ खर्ब १२ अर्ब लाग्ने अध्यनले देखायो । जसमा १५ करोड डलर नेपाल सरकारले अनुदान दिनुपर्ने, न्यूनतम सवारी ग्यारेन्टीको लागि ८ करोड ६० लाख दिनुपर्ने, कम्पनी खर्च गरेको व्याज पनि नेपाल सरकारले तिर्नुपर्ने, निर्माणको पहिलो वर्ष नेपाल सरकारले २० अर्ब दिनुपर्ने, भारतीय निर्माण कम्पनीले २० प्रतिशत अर्थात २ अर्ब ६० करोड लगानी गर्नुपर्ने कम्पनीको प्रस्ताव थियो । जुन नेपालहीत विपरीत थियो । भारतीय कम्पनीसँग भएको सम्झौताअनुसार नेपाल सरकारले ३० वर्षसम्म भारतीय कम्पनीलाई दिने ५ वर्ष निर्माण समयावधि बाहेक २५ वर्षसम्म सम्पूर्ण स्वामित्व भारतीय आईएल एन्ड एफ एस कम्पनीले टोलकर उठाउन पाउने थियो । 

 

भारतीय कम्पनीको उक्त प्रस्ताव पूर्णरुपमा नेपालको हितविपरीत भएका कारण भारतीय कम्पनीसंगको सम्झैता रद्द गर्दै २०७४ बैशाख २१ गते नेपाली सेनालाई निर्माणको जिम्मा दिईएको थियो ।  तर बिभिन्न समस्याका कारण फास्ट ट्रयाक निर्माणमा चुनौती देखापरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीको भनाई छ । यद्यपी अहिलेकै अनुपातमा काम अघि बढे तोकिएको समयमा नै निर्माण सम्पन्न हुने उनले बताए । 

 

लामो समयको विवादपछि फास्ट ट्रयाकको जिम्मा नेपाली सेनाले पाएको थियो र नेपाली सेनाले पछिल्ला वर्षहरुमा देखिने गरी काम गरिरहेको छ । र अबको केही वर्ष भित्रै फास्ट ट्रयाकको उपयोग गर्न पाईने संभावना बढेर गएको छ । 

 


थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 5 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 45 minutes ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 49 minutes ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।