फास्ट ट्रयाककाे डीपिअार तयार गर्न काेरियाली कम्पनी छनाेट

फाइल फाेटाे

काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । 

 

यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो । 

 

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए । 

 

उक्त डिपीआर करीब रु. १० करोड १५ लाखको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा रु. ५१ करोड सस्तो हो । खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ । 

 

औपचारिकरुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो । 

 

एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । 

 

सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ । 

 

यसअघिको रेखाङ्कन परिवर्तन हुँदै 

 

आयोजना अघि बढाउने सिलसिलामा छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी द्रुतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्ने निष्कर्षमा सेना पुगेको छ । 

 

सेनानी विनोद श्रेष्ठका अनुसार, छोक्रेडाँडादेखि महादेवखोल्सीसम्म ३.३, सीमपानीबेँसीदेखि चालिसे खोल्सीसम्म १.३७ र घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर दूरीका तीन वटा सुरुङ निर्माण गरिने छ । ती सुरुङ समानान्तर दूरीमा आवतजावत गर्नसक्ने दुईवटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्ला हुने छन् । 

 

उक्त रेखाङ्कन परिवर्तन गरी सुरुङ निर्माण गर्दा ठूला १० वटा पुल र आधा दर्जानभन्दा बढी कल्भट बनाउन नपर्ने सेनाले बताएको छ । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६ किलोमिटरको उक्त द्रुतमार्गको दूरी झण्डै साढे तीनकिलो कम हुनेछ भने रु. छ अर्ब ८० करोड लागत मूल्य बढ्ने छ । 

 

वि.सं. २०७४ साल वैशाख २१ गते मन्त्री परिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त द्रुतमार्गको प्रारम्भिक अनुमानित लागत रु. १ सय ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 2 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।