ब्रत बसेको दिन यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ ।

 

व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ ।

 

बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।

 

धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ ।

 

यौन मानव जीवनको समान्य प्रकृया भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् । 

 

यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौनसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पार्टनरको मनोभावनालाइ बुझेरमात्र यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् । 


थप समाचार

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

  • 27 minutes ago
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएक

गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • 31 minutes ago
गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

  • 49 minutes ago
हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

पाेखरा । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले न्यायको माग गर्दै बृहत विरोध निकालेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने