IIMS College

ISMT

HUB Education

मोटोपनले सताएको छ, थाहा पाइराख्नुहोस् तौल घटाउने सजिला उपायहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । धेरैलाई मोटोपन धेरै नै समस्या दिने गरेको छ । स्वास्थ्य समस्यादेखि वैवाहिक सम्बन्ध सम्म मोटोपन एउटा समस्या बन्दै आइरहेको छ । यसलाई नियन्त्रण गर्न मुख्यतया खानपिनमा ध्यान दिनु अति आवश्यक रहन्छ । यदि तौल घटाउन तपार्इ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपार्इले यस्ता उपायबारे जानकारी लिनु आवश्यक रहेको छ । 

 

हरियो मरिच वा कालो मरिच खानामा राखी खानाले तौललाई घटाउन सक्दछ । एक खोजअनुसन्धानमा पाईएको छ की तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाईने तत्व कैप्साइसिनले गर्दा चाडैं भोक लाग्दैन । जस्ले गर्दा तौल घटाउन मद्धत पुग्छ ।

 

एक चम्चा पुदिनाको रसलाई २ चम्चा महसँग मिलाउनुहोस् । र यसलाई नियमित रुपमा प्रयोग गर्नाले मोटोपन घट्दछ ।

 

सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै मात्रामा गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँदछ। पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्दछ ।

 

खानासँगै गोलभेडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन सी , भिटामिन ए , भिटामिन के , आइरन, पोटासियम , लाइकोपीन र ल्युटिन प्राप्त हुन्छ । यसलाई खानाले पेट चाडैं भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।

 

विहान उठ्ने बितिक्कै २५० ग्राम गोलभेडाको रस २–३ महिनासम्म पिउनाले पेट भित्र पस्दछ । 

 

धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी , आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।

 

गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।

 

दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ० लाई ठिक गर्दछ ।

 

मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

 

दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।

 

पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।

 

अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

 


थप समाचार

भुटानी राजा र रानीको प्रेमकथा !

  • 28 minutes ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

  • 34 minutes ago
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

  • 37 minutes ago
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।