'संघियता असफल भए देशको जहाज डुब्छ'

  • शनिबार, २३ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

 गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् । शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको २४ औं वार्षीक साधारण सभा तथा १३ औं अधिवेसनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । राजा महेन्द्रले १८ सालमा ७५ जिल्ला १४ अञ्चल बनाएको ५७ वर्ष भई सक्यो । ‘त्यसपछि स्वरुप परिवर्तन भयो सरकार परिवर्तन भयो,’ उनले भने, ‘सरकार त थियो नि भर्खर जिरोबाट जन्मेको हामी हो । त्यसैले हामी सबैभन्दा कान्छो सरकार हौ ।’

 

संघिय सरकार र प्रदेश सरकारबिचमा ८० वर्षको बुढो र भर्खर जन्मेको शिशु जस्तै फरक भएको उदाहरण दिँदै । उनले भने, ‘उ ठिक ढङ्गले हुर्कन पाएन भने जुन अवस्थामा रहन्छ । त्यसपछि कस्तो विकराल स्थिति आउँन सक्छ हामीले कल्पना गर्न सक्दैनौं ।’

 

आफुहरु सरकारमा आउँदा एक रुपैयाँ पनि नभएको, कर्मचारी पनि नभएको उनले सुनाए । संघिय सरकारले आफ्नो जिम्मवारी पुरा नगरेकाले पनि सरकारको आलोचना गरेको उनले बताए ।

 


थप समाचार

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 10 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू

ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

  • 36 minutes ago
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

काठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।

जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

  • 38 minutes ago
जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

काठमाडौँ । नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।