IIMS College

ISMT

HUB Education

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । रुसले पहिलो मानवाकृत -ह्युमनोइड- रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । 

 

फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

 

नासाका एक जना टिप्पणीकर्ताले भन्नुभयो, “सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।” रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पु¥याइएको जनाएको छ ।

 

अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै छ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

 

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ ।

 

सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पु¥याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

 

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो ।

 

तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

 

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो ।

 

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ । 


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 21 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 23 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 34 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी