१७ औँ फेवा नववर्ष महोत्सव स्थगित

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • अर्थ

पोखरा । हरेक वर्ष पोखरा लेक साइडमा हुँदै आएको फेवा नव वर्ष यसपालि नहुने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउनले फेवा महोत्सव स्थगन गरिएको  आयोजक संस्था पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । 

 

सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली नयाँ वर्षमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगन गरिएको जानकारी दिए । उनले कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा  उक्त सङ्क्रमणलाई न्यूनीकरण गर्न घोषित लकडाउनका कारण १७ औँ फेवा नववर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको बताए । 

 

सङ्घले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक नेपाली नयाँ वर्षमा फेवा नयाँ वर्ष महोत्सव सञ्चालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागरका साथै प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै आएको थियो । सङ्घले नयाँ वर्षको शुभकामना दिँदै लकडाउनलाई पूर्ण पालना गरेर सुरक्षित रहन पनि आग्रह गरेको छ ।


थप समाचार

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

  • 6 minutes ago
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम  प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 40 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 52 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।