फिफा विश्वकप विजेता राष्ट्रले उपाधिको साथमा कति नगद पुरस्कार पाउँछ ?

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

एजेन्सी । धेरैको चासोको विषय हो फिफा विश्वकप विजेता राष्ट्रले कति नगद पुरस्कार पाउँछ ? फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने कुम्भ मेलामा ३२ राष्ट्रले सहभागिता जनाउने गरेका छन् । 

 

हरेक राष्ट्रको सपना विश्वकपको उपाधि जित्ने हुन्छ । त्यसमा राष्ट्रले पाउने नगद भन्दा पनि उपाधि सबैभन्दा ठूलो कुरा हो । फिफाले विश्वकप खेल्ने ३२ वटै राष्ट्रहरुलाई बिभिन्न शीर्षकमा बजेट उपलब्ध गराउँछ । कोही टिमले तयारी खर्चको रुपमा, कोहीले बिभिन्न चरण पार गरेकोमा त एक टिमले उपाधि जितेकोमा रकम पनि पाउने गर्छ ।

 

यहाँ हामीले विश्वकपमा सहभागी राष्ट्रलाई दिइने नगदको बारेमा जानकारी प्रदान गरेका छौं ।

 

१७ औं देखि ३२ औं स्थान हुने राष्ट्र १६ राष्ट्र

 

विश्वकपमा गरेको गोल, खाएको गोलको आधारमा फिफाले समूह चरणबाट बाहिरिने राष्ट्रको स्थानको टुंगो लगाउँछ । बिहिरिने १६ वटा टोलीले ८ मिलियन अमेरिकन डलर पाउँछन् । उक्त रकम तयारी खर्चको लागि भनेर दिइन्छ । 

 

९ औं देखि १६ औं स्थान बनाउने ८ राष्ट्र

 

विश्वकपमा समूह चरण पार गरेर क्वार्टरफाइनलमा स्थान बनाउने ८ राष्ट्रले प्रतिराष्ट्र १२ मिलियन अमेरिकी डलर पाउँछन् । सन् २०१४ को विश्वकपमा उक्त रकम मात्रै ९ मिलियन डलर रहेको थियो ।

 

५ औैं देखि ८ औैं स्थान बनाउने ४ राष्ट्र

 

विश्वकपमा ५ औैं देखि ८ औं स्थान बनाउने राष्ट्रले प्रतिराष्ट्र १६ मिलियन अमेरिकी डलर पाउँछन् । ब्राजिल विश्वकपमा उक्त रकम १४ मिलियन मात्रै थियो । 

 

चौथो स्थानकाे राष्ट्र

 

विश्वकपमा चौथो स्थान कायम गर्ने राष्ट्रले २२ मिलियन अमेरिकी डलर पाउँछन् । यस अघि उक्त रकम २० मिलियन डलर मात्रै रहेको थियो । 

 

तेस्रो स्थानकाे राष्ट्र

 

तेस्रो स्थान बनाउने राष्ट्रले २४ मिलियन डलर पाउँछन् । यसअघि उक्त रकम २२ मिलियन डलर रहेको थियो । 

 

उपविजेता

 

विश्वकपको उपविजेता राष्ट्रले २८ मिलियन डलर रकम पाउँछन् । उक्त रकम यसअघि २५ मिलियन रहेको थियो । 

 

विजेता

 

विश्वकप विजेता राष्ट्रले ३८ मिलियन अमेरिकी डलर हाता पार्छ । उक्त रकम यसअघि ३५ मिलियन मात्रै थियो । यसपटकबाट ३ मिलियन अमेरिकी डलर बढाइएको हो । 

 

फिफाले विजेता तथा सहभागी राष्ट्रहरुलाई जम्मा ४ सय मिलियन अमेरिकी डलर खर्च गर्छ । सन् २०१४ को ब्राजिल विश्वकपमा उक्त रकम ३ सय ५८ मिलियन डलर रहेको थियो । 

 


थप समाचार

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 10 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 14 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

  • 23 minutes ago
शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिम



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।