चलचित्र निर्देशक यादवको निधन

राजविराज । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । 

 

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए । उनी मधुमेह र रक्तचापको रोगी थिए । पछिल्लो समय उनी ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए । 

 

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका छन् । उनले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गरेका छन् । उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका छन् । 

 

“यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित थिए । ” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने । 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।