मदिरा बिक्री वा सेवन गरे पाँच सय जरिवाना

  • आइतबार, २० साउन, २०७५
  • 2 months ago
  • अर्थ

पर्वत । फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । 

 

अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो ।

 

 एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो । 

 

घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासमेत एकजुट हुन थालेका छन् । 

 

मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुई वटा परिवारको आर्थिक अवस्थामा सुधार आएपनि सिङ्गो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष अर्जुनबहादुुर कार्कीले जानकारी दिए । 

 

उहाँका अनुसार पहिलो चरणमा बिहान ५ देखि बेलुका ५ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । 

 

उक्त समयमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा रु ५०० जरिवाना गरिने र उक्त निर्णयलाई अटेर गर्दै दोस्रो–तेस्रो यस्ता कार्य गरे थप कारबाहीका लागि पहल गरिने अध्यक्ष कार्कीले जानकारी दिए । 

 

सिङ्गो वडाका सबै बस्तीमा एकै पटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, भजन समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिएको छ । उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिएको स्थानीयवासी रामचन्द्र भुसालले जानकारी दिए ।

 

 छिमेकी नगरपालिकाले घरेलु मदिरालाई दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आह्वान गरिरहेका बेला फलेवास–३ शंकरपोखरीमा भने नियन्त्रण अभियान थालिएको हो । 

 

यसले स्वच्छ र सभ्य समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । 

 


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 2 hours ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 5 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 5 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।