फिन्निश नेपाली समाजले फिन्ल्यान्डमा तीज गीत प्रतियोगिता आयोजना गर्ने

 

-सन्जु काउछा , हेल्सिन्की ।

 

फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । फिन्निश(नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

 

आगामी सेप्टेम्बर २ तारिख आईतबारका दिन हेल्सिन्कीस्थित कोन्तुलामा सम्पन्न हुने कार्यक्रममा फिन्ल्यान्डका बिभिन्न स्थानहरुमा रहेका नेपाली संघसंस्था तथा दिदिबहिनीहरुको समुहले सहभागीता जनाउने अपेक्षा रहेको आयोजकहरुले बताए ।

 

फिन्ल्यान्डमा आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको पहलमा एउटा छुट्टै पहिचान बनाएको फिन्निश(नेपाली समाजले नेपाली चाडबाडहरुमा हरेक बर्ष बिबिध कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस पटकको तीजमा पनि अघिल्लो बर्ष जस्ताइ बिशेष प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ ।

 

फिन्ल्यान्डका बिभिन्न स्थानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिनुहुन सँस्थाले फिन्ल्यान्डवासी सबैमा अनुरोध गरेको छ । यसपटकको कार्यक्रम अघिल्ला बर्षहरुमा भन्दा थापा ब्यवस्थित र भब्य हुने त्यस्तै उल्लेख्य मात्रामा नेपाली दाजुभाई दिदि(बहिनीहरुको उपस्थीती हुनेमा आफु बिश्वस्त रहेको समाजका अध्यक्ष हेमराज शर्माले बताए ।

 

१० युरो प्रवेश शुल्क तोकिएको कार्यक्रममा उपस्थित सबै दर्शकहरुलाई समाजले खानपिनको पनि ब्यवस्था गरेको छ । दिउँसो १ बजे देखी शुरु हुने कार्यक्रम बेलुका ९ बजे सम्म चल्ने बताईएको छ ।


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 6 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।