सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । 

 

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।

 

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् । 

 

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ । 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 2 hours ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 2 hours ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 2 hours ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।