ठमेलको ज्याठामा भीषण आगलागी, १० करोड बराबरको क्षति

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौं । काठमाडौँको ज्याठा क्षेत्रमा आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

 

जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीतर्फ जाने बाटोमा उक्त घर रहेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् । 

 

ग्यास पडकिँदा ज्याठा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएको थियो । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । 

 

आगो लागेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि वीर अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

 

स्थानीयबासी सागर तुलाधरका अनुसार मिनेट मिनेटको अन्तरमा पुरै ज्याठा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । 

 

अक्सिजन ग्यास सिलिन्डर विस्फोटको आवाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको प्रहरीले जनाएको छ । ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका थिए । 

 

आगोले ठूलो रुप लिएपछि उपत्यकाका सबै दमकल घटनास्थलमा पुगेका थिए । आगो समयमै नियन्त्रण गर्न नसक्दा रु १० करोड बराबरको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ । 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 3 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।