Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभ्वाईस अफ नेपाल ४ बिजेता राईको ‘तिम्रै माया लाग्छ’ म्युजिक भिडियो सार्वजनिक

भ्वाईस अफ नेपाल ४ बिजेता राईको ‘तिम्रै माया लाग्छ’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ। द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ। समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ। त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ। एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको क्यामेस्ट्री जमेको छ। भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ।

करणले सार्वजनिक भएको गीतबारे बोल्दै भने ‘मेरो गीत–संगीतको यात्रामा माया गर्ने प्रेमिल जोडीहरुमा समार्पित हुनेछ यो गीत।’ त्यस्तै फिल्ममा डेब्यु गर्ने तयारीमा रहेकी मोडल पुर्णिका करणसँगको सहकार्य राम्रो भएको बताइन्। उनले भनिन्, राम्रो गीत, राम्रो टिमसँग काम भएकालेपनि हाम्रो काम रुचाउनु हुन्छ भन्ने आसा छ।’

टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ रहेको छ। अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन्।

अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ। गायक करणको केही हप्ता अगाडि ‘धन्यवाद’ र ‘सिमाना’ बोलको गीतपनि सार्वजनिक भएको थियो। गीत रेकर्डिङ र सुटिङमा ब्यास्त करणले वरिष्ठ गायक राजेश पायल राईसंग पनि गीतको सहकार्य गरिरहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT