माछापालन व्यवसायबाट मानसम्मान र आम्दानी दुबै

  • शनिबार, ९ भदौ, २०७५
  • 5 months ago
  • अर्थ

दाङ ।  लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल भएका छन् । 

 

उहाँले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । वर्षाको समयमा पनि उहाँको घरमा माछा लिन आउनेको सङ्ख्या बढ्दो छ । 

 

विगत आठ वर्षदेखि व्यावसायिकरुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको बताउँछन् । 

 

आफ्नो माछापालन व्यवसायमा उहाँले सात जनालाई रोजगारीसमेत दिनुभएको छ । सबै खर्च कटाएर यो व्यवसायबाट आफूले वार्षिक रु २० लाख बचत गर्ने गरेको माछापालक किसान तामाङको भनाई छ । 

 

“घरमा माछा लिन आएकाले पनि कसरी र कहिलेदेखि यो व्यवसाय शुरु गर्नुभयो भन्दै सोध्छन् उनले भने, “यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छ ।” 

 

शुरुमा धान गहुँलगायत खाद्यान्न राम्रो उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई कम्ती गाह्रो भने नभएको होइन् । 

 

गाउँ समाज र घर परिवारबाट खेतीयोग्य जमीनलाई खनेर खाल्टो पार्दा बौलाउन थालिस् भन्नेहरु यतिखेर आफ्नो प्रशंसा गर्न थालेकोमा उहाँ खुसी व्यक्त गरे । 

 

करीब आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । गत असार मसान्तसम्ममा २०० क्विन्टलभन्दा बढी माछा बिक्री भएको तामाङले बताए । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ । 

 

प्रतिकिलोग्राम रु २२० देखि रु २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । शुरुका दिनमा माछा बिक्री गर्नका लागि छिटुवामा राखेर स्थानीय बजारमा लग्ने गर्दथँे । तर अहिले त टाढाटाढाबाट घरमा नै माछा किन्न आउनेको भीड लाग्ने गर्दछ । 

 

यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै उहाँले गाउँघरमा नै बसेर कम लागतमा मनग्ये आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिए । 

 

मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ उनले भने  । माछापालनमा लामो अनुभव बिताएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउने पनि धेरै छन् । ९तस्वीर उपलब्ध छ० 

 


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 34 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 40 minutes ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 52 minutes ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।