बाढी पीडितले राहत लिँदा पनि स्थानीय सरकारलाई चर्को कर तिर्नुपर्ने !

काठमाडौं । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ ।

 

प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ ।

 

वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्रीप्रसाद दास केवरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी बुधबार राहत लिन ३५ किलोमिटर टाढाको जिल्ला प्रशासन कार्यालय विराटनगर आएका थिए । ऋण खोजेर सिफारिस शुल्क तिरेको उनले बताए ।

 

केवरतले दुई हजारसम्म मात्र राहत पाउने सहायक सिडिओ उमेश पाण्डेले बताए । तर, प्रहरी रेकर्ड नभएका कारण उनले अझै राहत नपाएको पाण्डेको भनाइ छ ।

 

‘प्रहरी रेकर्ड ल्याए दुई हजार रुपैयाँ राहत दिन सकिन्छ,’पाण्डेले भने । पीडित केवरत राहत लिन खाली खुट्टै जिल्ला प्रशासन आएका थिए ।

 

स्थानीय रतुवाखोलामा आएको बाढीले गत २६ असारमा केवरतको घर नै बगाएको थियो । घर बगेपछि सरकारको आसमा वडा कार्यालय गएको पीडित केवरतले बताए । तर, जिल्ला प्रशासनबाट राहत नपाएपछि उनी निन्याउरो मुख लगाएर फर्किएका छन् ।

 

उनलाई दुई हजार रुपैयाँ राहत पाउन कम्तीमा चार दिन लाग्ने भएको छ । सिफारिस शुल्क र गाडीभाडासमेत गरी उनको झन्डै हजार रुपैयाँ खर्चसमेत हुने भएको छ । आजको नयाँपत्रिका दैनिकबाट ।


थप समाचार

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 6 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • 15 minutes ago
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

  • 24 minutes ago
न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।