आज भारी वर्षाको सम्भावना, सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  • सोमबार, २८ साउन, २०७५
  • 1 month ago
  • नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले  अनुसार आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन आग्रह गरेको छ।

 

महाशाखाले जारी गरेको सूचनामा दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने उल्लेख छ । त्यस्तै राति पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने संभावना देखिएको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाको आग्रह गरेको छ।

 

हाल प्रदेश नं. १ को सुनसरी, प्रदेश नं. २, ५ र ६ का अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले सतर्क रहन भनिएको छ। तराई तथा चुरे क्षेत्रमा ठुलो वर्षा भैरहेकोले ती प्रदेशका चुरेबाट बहने नदीहरुमा पानीको बहाव बढी रहेकाले नदी आसपासमा सतर्कता अपनाउँन महाशाखाको आग्रह छ।

 

आज देशका प्रमुख नदीहरु बबई, कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, मछेली, मोहना, कान्द्रा, लगायत नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन महाशाखाको आग्रह छ ।


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 2 hours ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने