पत्रकार महासंघ बेलायतमा सल्लाहकार र सभासद मनोनित

  • सोमबार, २८ माघ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्ना सल्लाहकार र सभासद  मनोनित गरेको छ । आइतबार अल्डरसटमा सम्पन्न कार्यसमिति बैठकले ११ जना सल्लाहकार र १० जना सभासद मनोनित गरेको हो । 

 

शाखाको सल्लाहकारमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, भगिरथ योगी, सोनाम छिरिङ शेर्पा, हरिकाजी गुरुङ, फडिन्द्र भट्टराई, संगिता मरहट्ठा, कुशल श्रेष्ठ, विपिन निरौला, विकलचन्द्र अचार्य र दूत पुन मनोनित भएका छन् । 

 

त्यस्तै, सभासदमा एभरेष्ट गौतम, बाचस्पति रेग्मी, नृपेश उप्रेती, प्रजय शुक्ल, प्रमिला लाबुंग राई, जानुका राई, भावना सुनुवार, मिलन तमु, सविन्द्रकुमार (एसके) गुरुङ र मिलन शर्मालाई मनोनित गरिएको छ ।

 

बैठकले समुदायसंगको अन्तरक्रिया कार्यक्रम आउंदो तीन महिनाभित्र मिडल्याण्ड र केन्टमा पुगेर गर्ने निर्णय गरेको छ । मिडल्याण्डमा शाखाका सदस्यहरु केशव भण्डारी, महेश अधिकारी, नृपेश उप्रेती र टिका अधिकारी तथा केन्टमा रमेश सरांकोटी, विश्वासदिप तिगेला, देवेन्द्र खेरेस, क्षेत्र वनेम, जानुका राई, ज्ञाम गुरुङ सहितका सदस्यहरुसंग विशेष समन्वयमा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । 

 

शाखाको सदस्यता शुद्धिकरण समितिका संयोजक भगिरथ योगीबाट समितिले गरिरहेको कार्यका सम्बन्धमा जानकारी उपलब्ध गराइएको सन्दर्भमा आगामी कार्यसमिति बैठकभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।  

 

 

दुई सातापछि पोखरामा आयोजना हुने नेपाल पत्रकार महासंघ केन्द्रको विधान सम्मेलनमा महासंघको वैदेशिक शाखासम्बन्धी विधान संशोधनका लागि शाखाबाट सुझाव पठाउन अध्यक्ष नरेश खपांगीलाई जिम्मा दिइएको छ । 

 

एनआरएन यूकेसंगको सहकार्यमा शाखाले स्थापना गरेको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार कोषलाई एनआरएन यूके तथा पत्रकार महासंघ यूकेको संयुक्त स्वामित्व रहने गरी हस्तान्तरण गर्न आग्रह गर्दै एनआरएन आइसिसीलाई पत्र पठाउने निर्णय बैठकले गरेको छ ।  

 

शाखाको स्थापना दिवसका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न महासचिव सञ्जयभक्त कंडेलको संयोजनमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा ,उपाध्यक्ष विमला सेने र सदस्य विश्वासदिप तिगेला सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ । 

 

शाखाका सदस्यहरुको आइएफजेको प्रेस कार्डको लागि आवश्यक प्रक्रियाका सम्बन्धमा बुझ्ने र आवेदनहरुको संयोजन गर्ने जिम्मा महासचिव कंडेललाई लगाइएको छ । 

 

गत वर्षको मे महिनामा निर्वाचित शाखाको चौंथो कार्यसमितिको तेस्रो पुर्ण बैठक शाखाका अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा सम्पन्न भएको थियो । महासचिव सञ्जयभक्त कंडेलले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुइंटेल, उपाध्यक्ष विमला सेने, सचिवद्धय शिव भण्डारी र पुर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सदस्यहरु जिवन सेन, खेमराज रानाभाट , नागेन्द्र नेम्वांग, अनिल मल्ल लगायतको सहभागिता रहेको थियो । 

 

तस्विरहरु : शिव भण्डारी

 


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 12 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 26 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 39 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।