IIMS College

ISMT

HUB Education

पत्रकार महासंघको स्थापना दिवसमा लण्डनमा शुभकामना कार्यक्रम

  • सोमबार, १८ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस लण्डनमा पनि एक कार्यक्रमसहित मनाइएको छ । 

 

बेलायतको भ्रमणमा रहेका महासंघका केन्द्रीय महासचिव रमेश विष्टको विशेष उपस्थितिमा महासंघ बेलायत शाखाले आइतबार लण्डनको प्लमस्टिडमा एक शुभकामना कार्यक्रम आयोजना गरेको हो । 

 

त्यसअवसरमा शुभकानमा व्यक्त गर्दै महासचिव विष्टले महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको हकअधिकार जस्ता क्षेत्रमा मात्र सिमित नरहेर एक नागरिक अगुवा संस्थाको रुपमा समेत भुमिका खेल्दै आएको बताए । 

 

नेपाल तथा विदेशमा रहेका समस्त नेपाली पत्रकारहरुको प्रतिनिधिमुलक छाता संस्थाका रुपमा स्थापित महासंघले अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, आइएफजे लगायतका कैयौं संस्थाहरुसंग पनि सहकार्य गर्दै आएको उनले उल्लेख गरे । 

 

'नेपालमा अहिले प्रेस स्वतन्त्रतालाई संस्थागत गर्न बनिरहेका कानुनहरुमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गराउनु महासंघको मुख्य एजेण्डा छ', महासचिव विष्टले भने, 'त्यसबाहेक पत्रकारहरुको सिप तथा क्षमता अभिवृद्धिको कार्यमा पनि हामी लागिरहेका छौं । आउँदो १ वर्षलाई प्रशिक्षण वर्षकै रुपमा घोषणा गरेर हामी देशैभर पत्रकारहरुलाई प्रशिक्षण दिने अभियानमा अघि बढ्दैछौं ।' 

 

संसारभर छरिएर रहेका सम्पुर्ण नेपाली पत्रकारहरुलाई कसरी अझै बढि व्यवस्थित गर्न सकिन्छ भनेर महासंघले अब छिट्टै वैदेशिक शाखाहरुको एक सम्मेलन गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए । 

 

 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले महासंघको स्थापना दिवसका अवसरमा नेपाल तथा प्रवासमा रहेर क्रियाशिल सम्पुर्ण नेपाली पत्रकारहरुमा शुभकामना व्यक्त गरे । 

 

महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगरले यूकेको नेपाली पत्रकारितालाई अझ बढि व्यवस्थित गर्ने तथा स्थानीय समुदायको अपेक्षा र भावनालाई बुझेर अघि बढ्ने कोशिस शाखाले गरिरहेको बताए ।  

 

बेलायतको मुल प्रवाहको पत्रकारिता क्षेत्रमा उपलब्ध प्रविधि, सीप र जनशक्तिबाट नेपालमा क्रियाशिल पत्रकारहरुले पनि लाभ लिन सक्ने गरी विभिन्न तालिम तथा गोष्ठीहरु सञ्चालन गर्नको निम्ति एक सम्बन्ध-सेतुका रुपमा भुमिका खेल्न समेत बेलायत शाखा प्रयासरत रहेको उनले जनाए । 

 

त्यसअवसरमा बेलायत भ्रमणमा रहेकी प्रदेश नं. ३ की सांसद बिजुला बर्मा, एनआरएन यूके महासचिव आरके त्रिपाठी, जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ लगायतले महासंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

 

शाखाका महासचिव सञ्जयभक्त कंडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले स्वागत मन्तव्य दिएका थिए । 

 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी, महासंघ बेलायत शाखाका सल्लाहकारहरु फडिन्द्र भट्टराई र विपिन निरौला , पार्षदहरु एभरेष्ट गौतम र मिलन शर्मा तथा कार्यसमिति सदस्यहरु जिवन सेन, खेमराज रानाभाट र मञ्जु भण्डारीसहित शाखाका अन्य सदस्य र विभिन्न संस्थाका प्रतिनिधिहरु समेतको सहभागिता थियो । 

 

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 47 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 52 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 1 hour ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।