पत्रकार महासंघ यूकेले बुझायो लण्डन दूतावासमा ज्ञापनपत्र

  • बुधबार, २० भदौ, २०७५
  • 5 months ago
  • युके

(तस्बिर : नरेन्द्र बस्नेत ) 

लण्डन । नेपालमा हालै लागु गरिएको नयां मुलुकी ऐनका  केहि प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजेको  भन्दै त्यसको यथोचित संशोधनका लागि नेपाल पत्रकार महासंघ यूके शाखाले माग गरेको छ । 

 

लण्डनस्थित नेपाली दूतावास मार्फत बुधबार नेपाल सरकारका प्रधानमन्न्त्री र संघीय संसदका सभामुखलाई एक ज्ञापनपत्र पठाउंदै शाखाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संविधानले गरेको प्रत्याभुतिलाई नयां ऐनहरुले खतरामा पार्न सक्नेतर्फ ध्यानकार्षण गराएको छ । 

 

३ बुंदे मागहरु समावेश ज्ञापनपत्र शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख तथा प्रवक्ता शरदराज आरनलाई हस्तान्तरण गरका थिए । 

 

ज्ञापनपत्र बुझ्दै दूतावासका उपप्रमुख आरनले ज्ञापनपत्र तत्काल सम्बन्धित निकायहरुमा पठाउने आश्वासन दिए । शाखाले ज्ञापनपत्रमार्फत अघि सारेका जायज मागहरुको सम्बोधन हुने आशा समेत उनले व्यक्त गरे । 

 

शाखाका वरिष्ठ उपाध्यक्ष अर्यालले महासंघ केन्द्रको निर्णयअनुसार बेलायतस्थित शाखाका सम्पुर्ण सदस्यहरुबाट आएका राय, सुझावलाई समेटेर ज्ञापनपत्र बुझाइएको बताए । 

 

ज्ञापनपत्र बुझाउनुअघि महासचिव सञ्जयभक्त कंडेलले  वाचन गरेर सुनाएका थिए । ज्ञापनपत्र बुझाउन शाखाका वरिष्ठ उपाध्यक्ष अर्याल, महासचिव कंडेल, उपमहासचिव नरेन्द्र बस्नेत, संस्थापक सदस्य विपिन निरौला लगायतका पत्रकारहरुको टोली लण्डन दूतावास पुगेको थियो । 

 

ज्ञापनपत्रमा शाखाका अध्यक्ष नरेश खपांगी मगर र महासचिव सञ्जयभक्त कंडेलले हस्ताक्षर गरेका छन् । 

 

हेरौं ज्ञापनपत्र जस्ताको तस्तै :

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 2 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 2 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 2 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।