२०२० मा फोल्डेबल फोनले राज गर्दै ! यस्तो छ कम्पनीहरुको तयारी

काठमाडौं । सन् २०२० मा मोबाइल फोनको दुनियामा सबैको नजर फोल्डेबल फोनमाथि हुनेछ । विश्वकै सबै भन्दा ठूला–ठूला कम्पनीहरुले सन् २०२० लाई फोल्डेबल फोनको नाम राख्न चाहन्छन् । 

 

केही कम्पनीहरुले आ–आफ्नो सेगमेन्टको फोल्डेबल मोबाइलको झलकहरु देखाउन सुरु गरिसकेका छन् । 

 

२०२० मा कुन–कुन फोल्डेबल फोन आउँदैछन् ?

 

ह्वावे मेट एक्स :

 

ह्वावे पनि फोल्डेबल फोनको दौडमा सामेल छ । कम्पनीले आफ्नो नयाँ प्रोडक्ट (Huawei Mate X) चीनमा सार्वजनिक गरिसकेको छ । जानकारी अनुसार अर्को वर्ष यस फोन भारत र नेपाली बजारमा पनि उपलब्ध हुनेछ । 

यस फोन फोल्ड नगरीकन ८ इञ्चको छ, जसले यसै फोनको अन्य सेगमेन्टलाई टक्कर दिइरहेको छ । यस फोनलाई फोल्ड गर्दा ६.६ इञ्चको बनाउन सकिनेछ । 

 

ओप्पो (Oppo)

 

पछिल्लो समय बजारमा धेरै विक्री हुने फोन ओप्पोले फोल्डेबल फोन उत्पादनमा पछि हटेको छैन । कम्पनी पनि यस नयाँ सेगमेन्टमा आइसकेको छ । २०२० मै तपाई/हामीले ओप्पोको फोल्डेबल फोन देख्न र प्रयोग गर्न पाउनेछौं । 

ह्वावेको जस्तै गरी ओप्पो फोनको स्क्रिनलाई पनि फरक तरिकाले मोड्न सकिनेछ । तर, कम्पनीले यस फोनलाई कहिले सार्वजनिक गर्छ ? भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन । २०२० मै कम्पनीले सार्वजनिक गर्ने बताइएको छ ।

 

माइक्रोसफ्ट सरफेस डुओ

 

माइक्रोसफ्ट पनि आफ्नो नयाँ फोल्डेबल फोनलाई सार्वजनिक गर्ने तयारीमा जुटेको छ । २०१९ मै कम्पनीले माइक्रोसफ्ट सरफेस डुओ (Microsoft Surface Duo)को बारेमा सार्वजनिक गरेको थियो । 

कम्पनीले आफ्नो ९ इञ्चको स्क्रिनको साथमा यस प्रोडक्टलाई एक किताब जस्तै पेश गर्दैछ । 

 

सामसुङ ग्यालेक्सी फोल्ड :

 

कोरियन कम्पनी सामसुङले आफ्नो नयाँ फोल्डेबल फोन ल्याउदैछ । यसमा सबै भन्दा पहिले सामसुङ ग्यालेक्सी फोल्ड (Samsung Galaxy Fold)को नाम अगाडि आउँछ । फोल्ड गरेर यस फोनको स्क्रिन ४.६ इन्चको हुने बताइएको छ । तर, फोनलाई पूरा खोल्दा ७.३ इञ्चको हुनेछ । 

यस फोल्डेबल फोनलाई प्रयोगकर्ताले फोन र ट्याबलेट दुवै तरिकाले प्रयोग गर्न पाउनेछ । पहिलो पटक यस फोन १२ जीवीको -याममा उपलब्ध हुनेछ । साथै कम्पनीले यस फोल्डेबल फोनमा ७–नानोमेटर (7-Nanometer) प्रोसेसरको प्रयोग गरेको छ ।

 

मोटोरोला रेजर् :

 

फोल्ड हुनेवाला फोन उत्पादनमा चिनिया कम्पनी मोटोरोला पनि पछाडि छैन । कम्पनीले आफ्नो बहु–प्रतिक्षित फोन मोटोरोला रेजर् (Motorola Razr) बजारमा सार्वजनिक गरिसकेको छ । वैज्ञानिकहरुको चार वर्षको लामो मेहेनतपछि २६ प्रोटोटाइप तयार गरेको कम्पनीले दाबी गर्दै आएको छ । 

सोही प्रोटोटाइमले यस फोनलाई फोल्ड हुने या खुल्ने बनाउनका लागि सम्भव बनाएको हो । १५ मेगापिक्सलको क्यामेरासहितको यस फोनले एप्पल र सामसुङसँग प्रतिस्पर्धा गर्नेछ । 

 

 


थप समाचार

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 10 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 49 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 1 hour ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।