स्वास्थ्यमा गम्भीर असर गर्ने यी ५ खाद्य पदार्थ

एजेन्सी । पछिल्लो समय मानिसहरुको खानपानमा परिवर्तन हुँदै आइरहेको छ । नेपालीहरुकै कुरा गर्ने हो भने पनि परम्परागत खानेकुरा दाल, भात, तरकारी अचार छोडेर बजारमा पाइने खानेकुराहरु खानमा हामी निकै अगाडि बढिरहेका छौं ।

 

 

ती खानेकुराहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर गरिरहेको हुन्छ । हामीले बढी रुचाउने खाद्यपदार्थ तथा पेय पदार्थको बारेमा तपाईहरु समक्ष जानकारी प्रस्तुत गरेका छौं ।

 

कोल्डड्रिंक्स

 

गर्मीको लागि बजारमा आएका चिसो पेय पदार्थहरु कोकाकोला, फेन्टा, स्प्राइट, सेभेन अप रेडबुल लगायतका पेय पदार्थहरुले स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुन्छ । ती पेय पदार्थहरुमा चिनीको मात्रा बढी हुन्छ साथै स्वास्थ्यका लागि हानिकारक केमिकल पनि प्रयोग हुन्छ । यस्ता पेय पदार्थले किड्नी ड्यामेज हुने, सुगर, बोसो बढाउनेलगायतका समस्या निम्त्याउँछ ।

 

केक

 

आजभोली विभिन्न अवसरहरु केक काटेर मनाउने प्रचलन बढ्दो छ । तर केक मैदाबाट बन्ने हुँदा केकले मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या सृजना गर्दछ ।

 

चाउचाउ

 

खाजा संस्कृतिमा आजभोली चाउचाउ ब्यापक रुपमा चल्न थालेको छ । तर, चाउचाउले पनि हाम्रो शरीरलाई कुनै फाइदा र्पुयाउँदैन । यसमा भएको सेतो पिठोले स्वास्थ्यमा असर पु¥याउँछ ।

 

आलु चिप्स, भुजिया

 

आलु चिप्समा पौष्टिक तत्व हुँदैन । यसले पेट भर्नेबाहेक अरू काम गर्दैन । आलु चिप्सले बच्चाको वृद्धिविकास रोकिन्छ, स्नायु तत्वलाई बलियो हुन दिँदैन र विभिन्न रोग लाग्न सक्छ । आलु चिप्स, भुजियालगायतका खाद्य पदार्थ नखाँदा नै उपयुक्त हुन्छ ।

 

फ्रेन्च फ्राई

 

रेष्टुरेन्टमा जाँदा प्रायः ग्राहकहरुले फ्रेन्च फ्राई अर्डर गर्ने गर्छन् तर, यो पनि मानिसले खान नहुनेमध्येको एक खाद्य पदार्थ हो । यसमा क्यालोरीको मात्रा बढी हुन्छ । पटक–पटक फ्राई गरेर तयार पारिने भएकाले पनि यो हानिकारक खाद्य पदार्थ हो । प्रशस्त चिल्लो, बोइलिङ पोइन्टभन्दा माथि पुगेपछि गरेको फ्राईले फिङ्गर चिप्स, फ्रेन्च फ्राईजस्ता खाद्य पदार्थ हाम्रो शरीरका लागि अत्यन्तै हानिकारक मानिन्छ ।

 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 32 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 40 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

  • 44 minutes ago
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।