आउँदो शनिबार जेएफएले निःशुल्क ‘फुटवल वर्कशप’ सञ्चालन गर्ने

  • बिहीबार, ३० फागुन, २०७५
  • 1 week ago
  • खेल

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले आउँदो शनिबार (चैत २) गते फुटबल वर्कशपको आयोजना गर्ने भएको छ । फुटबलका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानबारे जानकारी दिनको लागि एकेडेमीले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

 

शनिबार दिउँसो २ बजेदेखि काठमाडौँ बालुवाटारस्थित एक्सेल फुट्सलमा सञ्चालन हुने वर्कशपमा फुटबल खेलाडीको लागि ट्रेनिङको महत्व, फुटबलका नियम तथा सिद्धान्त, अनुशासन, फुटबलमा फिजियोको महत्व, प्रशिक्षकले बनाउने रणनीतिको बारेमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा हुने आयोजक संस्थाका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले बताए । साथै उनले प्रशिक्षणमा भाग लिनको लागि फर्म शुल्क १ सय रुपैयाँ तोकिए पनि इच्छुकहरुले एउटा फर्म भरेर निःशुल्क वर्कशपमा भाग लिन सक्ने बताए । 

 

उनका अनुसार वर्कशपमा एएफसी ए ग्रेड लाइसेन्स प्राप्त प्रशिक्षक, राष्ट्रिय रेफ्री तथा फिजियोबाट कक्षा सञ्चालन हुनेछ भने प्रशिक्षणमा भाल लिनेले प्रमाणपत्र पनि पाउनेछन् । साथै सहभागीमध्ये ६ जनालाई एक महिनासम्म जेएफएले निशुल्क ट्रेनिङ समेत प्रदान गर्नेछ । खेलस्तरको साथसाथै खेलाडीहरुको अनुशासन, एडप्टेसन, क्षमता लगायतको आधारमा जेएफएले छात्रावृत्ति दिन लागेको हो । 

 

वर्कशपमा भाग लिनेले एकेडेमीको वेभसाइटमा गएर फर्म भर्न सक्नेछन् भने सोही दिन निर्धारित समयभन्दा चाँडै आएर फर्म भर्न सक्नेछन् । 

 

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ । 

 

हाल जुनियर फुटबल एकेडेमीमा १४५ भन्दा बढी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमी काठमाडौँ उपत्यकाको बालुवाटार, सानेपा, पेप्सप्कोला, शान्तिनगरमा संचालन आइरहेको छ । एकेडेमीले जेहेन्दार, अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 1 hour ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।