स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • आइतबार, ४ कार्तिक, २०७५
  • 4 weeks ago
  • खेल

 

 

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । 

 

विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो । 

 

क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष एवं बिबी ट्रष्टका अध्यक्ष भट्टबीच सहयोगसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष भट्टले जानकारी दिए । 

 

सम्झौताअनुसार क्लबले काठमाडौँ फुटबलको क्लबलाई आर्थिक तथा खेल सामग्री सहयोग गर्नेछ । 

 

अध्यक्ष भट्टले सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम कोर्न सफल भएको बताए । 

 

“स्पेनिस क्लबहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरूलाई अवसर पनि दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान् नेपाली खेलाडीहरूका लागि पनि ठूलो अवसर हो”, उहाँले भने । 

 

एथ्लेटीको म्याड्रिडका बजार प्रबन्धक लिपेजले यो क्लबको शुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो पार्दै लैजाने बताए । 

 

“यस्तो सहयोगका लागि क्लबले आफ्नो कूल बजेटको एक प्रतिशत रकम छुट्याउने गरेको छ । अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत, हाइटीलगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग क्लबले सहयोग गरिरहेको छ,” उहाँले भने। 

 

नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानमा सक्रिय रूपमा लागिपरेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले शुरुवातमा क्लबलाई खेल सामग्री र डाइट तथा जर्सी सहयोग हुने र पछिपछि सहयोका क्षेत्र वृद्धि हुने जानकारी दिए । 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 3 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 4 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर