फुटबल इतिहासका रोमाञ्चक घटनाहरु

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

एजेन्सी। फुटबल खेल रोमञ्चकता भरिएको खेल हो । यो खेललाई लिएर बेलाबेलामा ठुलै विवादित विषयहरुले विश्वभर चर्चा पाउने गरेका छन् । स्टेडियममा हजारौको संख्यामा रहेका फुटबल फ्यानहरुले कहिलेकाही अराजक गतिबिधि गर्दा मच्चिएको भागदौडमा परी धेरै फ्यानहरुले ज्यान गुमाएका छन् । ड्रग प्रयोग गरेकै कारण चर्चित क्लबहरु कारबाहीमा परे । 

 

सन् २००० पछि फुटबल जगतमा भएका केही दुखद घटनाहरु घटे । यस अघि नघटेका पनि होइनन् । तर, चाहे त्यो भ्रष्टचारको मामिलामा होस् वा खेलाडीहरुको लडाइको विषयमा नै होस्, यी घटनाहरुले फुटबलप्रेमीहरुलाई केही हदसम्म दुःखी बनाएको थियो । 

 

इलिस पार्क डिजास्टरः २००१

 

जोनेसबर्गमा रहेको इलिस पार्क स्टेडियम पहिल्यै पनि ६० हजार फ्यानहरुले भरिएको थियो । उनीहरु काइजर र ओरलान्डो पाइरेट्सको खेल हेर्नका लागि आएका थिए । तर, स्टेडियमको क्षमताभन्दा हजारौ फ्यानहरु स्टेडियममा प्रवेश गर्न खोजेका थिए । यसैकाबीच स्टेडियममा भागदौड मच्चियो र ४३ जनाको ज्यान गयो । तालिम प्राप्त नगरेका सुरक्षाकर्मीले टियर ग्याँस फायर गर्दा स्थिति झनै तनाबपुर्ण भएको थियो । 

 

घाना स्टेयिडम डिजास्टरः २००१

 

स्टेडियममा भएको सबैभन्दा दुखत घटना अफ्रिकाको आक्रा स्पोर्टस स्टेडियममा भएको थियो । हाट्र्स अफ ओएक अन्तिम मिनेटमा दुई गोल गर्दै असान्ते कोटेकोलाई  २–१ गोलले पराजित गरेको थियो । तर, कोटोकोका फ्यानहरुले फ्यानहरुले प्लाष्टिक सिटले पिचमा हान्ने । यसको जबाफमा प्रहरीले असुर ग्याँस हानेको थियो । भागदौडमा १२७ जनाको मृत्यु भएको थियो । 

 

फिफा प्रमुखको निर्वाचनः २००२ 

 

सेफ ब्लाटरले आफ्नो करिअरकै सबैभन्दा ठुला समस्याहरुसँग जुध्नु पर्यो । उनलाई फिफा प्रमुखका प्रत्यासी युइएफए बोस लेननार्ट जोहनसनले कडा चुनौती दिए । ब्लाटरलाई आर्थिक हिनामिना गरेको आरोप लागेको थियो । यी मुद्धाहरुसँग लड्न तत्परता देखाएपछि अन्तत सेफ ब्लाटरले चुनाव जितेका थिए । 

 

फोइको मृत्यु

 

क्यामरुनका मिडफिल्डर खेलाडी मार्क–भिभिइन फोइ फ्रान्समा सम्पन्न कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा हर्टअट्याकका कारण मृत्यु भएको थियो । कोलम्बियाविरुद्धको खेलमा उनको मृत्यु भएको थियो । 

 

युभेन्ट्स ड्रग स्क्याण्डलः २००४ 

 

सन् २००४ मा इटालियन फुटबल क्लब युभेन्ट्स विवादमा रह्यो । इटालीयन तथा युरोपियन उपाधिमा दबदबा बनाएको युभेन्ट्सका खेलाडीले ड्रग लिएको तथ्य बाहिर आएपछि क्लब डक्टर रिकार्डो एग्रीकोलालाई २२ महिनाको जेल सजाय भएको थियो । खेलाडीहरुले सन् १९९४ र १९९८ मा ड्रग प्रयोग गरेर खेल खेलेको आरोप लागेको थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार २८० प्रकारका ड्रगहरु प्रयोग भएको थियो । तर, कोही खेलाडी पनि प्रतिबन्धको सुचीमा परेनन् । 

 

रोबर्ट होएजर म्याच फिक्सिङः २००६

जर्मन रेफ्री होएजर म्याच फिक्सिङको गरेको आरोपमा जेल गए । उनी पहिलो पटक त्यतिखेर शंकाको घेरामा परे जब उलने जर्मन कपमा ह्यामबर्गले २–० ले अग्रता बनाएको अवस्थामा ह्यामबर्गका एक खेलाडीलाई रातो कार्ड दिए भने पाडेरबर्नलाई दुईवटा विवादस्पद पेनाल्टी दिए । अन्ततः पाडेरबर्नले ४–२ गोलले खेल जित्यो । 

 

कल्सीयोपोलीः २००६

इटालियन फुटबल जगतमा यो स्क्याण्डललाई निकै ठुलो मानिन्छ । इटालीका धेरै क्लबहरुले म्याच फिक्सिङ गरेको आरोप लाग्यो । रेफ्री आफ्नो पक्षको पारेको भन्दै उनीहरुले म्याच फिक्सिङको आरोप लागेको थियो । 

 

मिलान, फ्लोरिन्टा, लाजियो, रेगजिना क्लबहरुलाई कारबाही गरिएको थियो । युभेन्ट्सलाई सन् २००५ र २००६ मा लिग उपाधिबाट बञ्चित गराइयो भने सिरिया ‘बि’ मा झारिएको थियो । 

 

.जिदानले टाउकोले हानेपछिः २००६

सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए । जिदानले रातो कार्ड पाएपछि खेलले अर्कै मोड लियो । आज पनि उनले त्यो फाइनल खेलमा गरेको हर्कत अझै चर्चामा रहेको छ । 

 

आइभोरी कोस्ट स्टेडियम डिजास्टरः २००९

 

फेलिक्स हउपहउट–बोइग्नी स्टेडियममा विश्वकप छनोट खेल भइरहेको थियो । सुरक्षा स्थिति राम्रो भएपनि भागदौड मच्चिन थालेपछि २२ जनाको मृत्यु भएको थियो । त्यत्रो घटना भइरहँदा पनि खेल जारी नै रह्यो । अन्ततः आइभोरी कोस्टले ५–० गोलले खेल जित्यो । 

 

हेनरीले जब हातले गोल गरेः २००९

 

सन् २०१० मा हुने विश्वकप छनोट खेलका लागि फ्रान्स र रिपब्लिक अफ आयरल्याण्ड आमने सामने गरेका थिए । एकएक गोलको बराबरी खेल चलिरहेको थियो । थप समयको १३ औ मिनेटमा  विलियम गालासको पासमा हेनरीले हातले गोल गरेका थिए । दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको थियो । 

 

टोगो बस आक्रमण

अंगोलामा हुने अफ्रिकन नेशन कपका लागि टोगोको टोली आउने क्रममा थियो । तर केही बन्दुकधारीहरुले बसमा नै आक्रमण गरेका थिए । उक्त घटनामा परी सह–प्रशिक्षक एमलेटी एबालो, टोगन प्रेस अफिसर स्टानिलस ओकलो मारिएका थिए । त्यस घटना पश्चात टोगोले खेलमा सहभागीता नजनाउने घोषणा गरेको थियो । 

 


थप समाचार

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 3 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 8 minutes ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

  • 14 minutes ago
उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।